मोबाइलमा इन्टरनेट राम्रोसँग नचलेर दिक्क हुनुभएको छ ? यसो गर्नुहोस् « Khabarhub

मोबाइलमा इन्टरनेट राम्रोसँग नचलेर दिक्क हुनुभएको छ ? यसो गर्नुहोस्


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

अहिले इन्टरनेट बिना मानिसहरू पानी बिनाको माछा जस्तै हुन्छन् भन्दा पनि फरक नपर्ला हरेक मानिस इन्टरनेटमा नै व्यस्त हुने गर्छन् । पछिल्लो समय धेरै कामहरू पनि इन्टरनेटको माध्यमबाट नै हुने गरेका छन् ।

 यस्तो अवस्थामा इन्टरनेटमा केही समस्या आयो भने मानिसको टाउको दुख्न थालिहाल्छ । र रिस गर्दै इन्टरनेट सेवा प्रदायक संस्थामा पनि फोन गरेर गुनासो पोख्ने गर्छन् । पैसा तिरेको छ समय सकिएको छैन र मोबाइलमा इन्टरनेट चलेन भने स्वाभाविक रूपमा सबैलाई रिस उठ्न सक्छ ।  

तर, कहिलेकाहीँ इन्टरनेट सेवा प्रदायकबाट नभई प्रयोगकर्ताको तर्फबाट हुने गल्तीका कारण पनि मोबाइलमा इन्टरनेटको समस्या देखिन सक्छ ।  

मोबाइलमा सही रूपमा इन्टरनेट चलेको छैन भने यस्ता उपायहरू अपनाउन सकिन्छ । 

-यदि आफ्नो मोबाइल फोनमा इन्टरनेट चलिरहेको छैन भने पहिला मोबाइललाई रिस्टार्ट गर्न सकिन्छ । रिसेट गर्दा नेटवर्क कनेक्सनमा भएका अस्थायी समस्या समाधान हुन्छन् र इन्टरनेट चल्न थाल्छ । 

-त्यस्तै एरोप्लेन मोडमा राखेर अन/अफ समेत गर्न सकिन्छ ।

– आफ्नो नेटवर्क सेटिङ रिसेट गर्न सकिन्छ । यसो गर्दा फोनमा भएका सबै नेटवर्क सेटिङ पूर्ववत् अवस्थामा जान्छन् । फोनमा सेटिङ, सिस्टम, नेटवर्क हुँदै रिसेट नेटवर्क सेटिङमा जाने र सेभ गरेका वाई-फाई र ब्लुटुथ कनेक्सन पनि सबै डिलिट हुन्छन् ।

-कम्प्युटरमा भाइरस भएमा पनि इन्टरनेट नेटवर्क कनेक्सनलाई स्लो बनाइदिन सक्छ । र ल्यापटप पनि घरिघरि नेटवर्क चेन्ज गर्दै एक ठाउँबाट अर्को ठाउँमा जाँदा नेटवर्क नै करप्ड हुन सक्छ। भाइरसहरू क्लिन गर्ने र नेटवर्क कनेक्सन रिसेट गर्ने र कम्प्युटरलाई रिबुट गर्ने गरे नचलेको इन्टरनेट फेरि चल्न थाल्छ ।

– यदि तपाईँको फोनमा नयाँ सफ्टवेयर अपडेट आएको छ भने इन्स्टल गर्नु राम्रो हुन्छ । किनकि नयाँ सफ्टवेयरमा विभिन्न समस्या समाधान भएर आएका हुन्छन् ।

-आफ्नो फोनको क्याश डेटा नियमित रूपमा डिलिट गर्ने गर्दा पनि इन्टरनेट राम्रोसँग चल्न थाल्छ  ।

-एकै पटक धेरै डेटा प्रयोग गर्दा अथवा धेरै एप खोल्दा इन्टरनेटको गति कम हुन सक्छ । आफ्नो सेटिङबाट कुन एपले कति डेटा लिइरहेको छ भनेर जाँच गर्न सकिन्छ । त्यसैका आधारमा पनि इन्टरनेट चलाउन सकिन्छ । 

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : १६ बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा