भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने स्थिति आयाे : राजेन्द्र लिङदेन  « Khabarhub

भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने स्थिति आयाे : राजेन्द्र लिङदेन 


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ साल यता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका हुन्  ।

अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आएको उनले बताए । उनले भ्रष्टाचारको अन्त्यका लागि दृढ रूपमा उभिने अठोट गरेको जिकिर गरे ।

अध्यक्ष लिङदनेले विदेशीको सहयोग विना चुनाव जित्न नसकिने र पदमा पुग्न नसकिने मानसिकताका कारण नेपाल विदेशी मुलुकहरूको क्रिडास्थल बन्न पुगेको धारणा राखे ।

पार्टीले आफ्ना मागलाई स्थापित गराउन निरन्तर आन्दोलन गर्ने र विभिन्न ढंगबाट राज्यलाई दबाब दिन निरन्तर अभियान चलाउने उनले बताए ।

तीन दिन सम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनमाथि छलफल भई पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १ : ५६ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर