सिरोहियालाई अदालत लगिँदै, शम्भु थापासहित वरिष्ठ वकिलहरू बहसमा उत्रिने « Khabarhub

सिरोहियालाई अदालत लगिँदै, शम्भु थापासहित वरिष्ठ वकिलहरू बहसमा उत्रिने


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि अहिले धनुषा जिल्ला अदालतमा लगिँदैछ ।

मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्मम तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

उक्त तीन दिनको म्याद गुज्रिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप समय लिने गरी अदालतमा उपस्थित गराउँदै छ ।

अहिले सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालयमा राखिएको छ । त्यहाँबाट उनलाई अब जिल्ला अदालत धनुषामा उपस्थित गराइँदैछ ।

जहाँ अब सिरोहियालाई अझै हिरासतमै राखेर अनुसन्धान अघि बढाउने या तारेखमा छाड्ने विषयमा अदालतले निर्णय दिन सक्ने छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रञ्जन आवाले अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लग्न लागिएको बताएका छन् ।

म्याद थप्ने या बाहिरै राखेर छानबिन अघि बढाउने निर्णय दिनुअघि जिल्ला अदालतका न्यायाधीशले दुवै पक्षका वकिलको कुरा सुन्ने भएका छन् ।

यस्तोमा सिरोहियाले आफ्नो पक्षमा बहसका लागि आधा दर्जनभन्दा बढी वरिष्ठ कानुन व्यवसायीहरू उतारेका छन् ।

सिरोहियाको पक्षमा बहसका लागि वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोली अहिले जनकपुरधाममा छ ।

सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले जिल्ला अदालतमा बहस गर्ने भएका छन् ।

यसअघि मंगलबार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गर्न थापाथली पुग्दा वरिष्ठ अधिवक्ता थापा नप तत्कालै पुगेका थिए । जहाँ उनले सिरोहियाको पक्षमा बोल्दै आफू पनि उनीसँगै जनकपुर गएर बहस गर्ने बताएका थिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १ : ५७ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका