सिंहदरबार अगाडि सहकारी पीडितको आँशु (तस्बिरहरू) « Khabarhub

सिंहदरबार अगाडि सहकारी पीडितको आँशु (तस्बिरहरू)



काठमाडौं – देशभरका सहकारी पीडितले आज (शुक्रबार) देखि तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन्‌ ।

सहकारी ठगीमै मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी कार्यालय सिंहदरबारमा कार्यसम्पादन गरिरहँदा त्यसैको दक्षिण-पश्चिमी छेउ माइतीघर मण्डलामा सहकारी पीडितहरू आक्रोश र आँशुसहित विरोध प्रदर्शनरत छन्‌ ।

यसअघि पनि दुई पटकसम्म सहकारी पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । प्रदर्शन गर्दा दमन र अनसन थाल्दा फक्याइफुल्याई कागजी सम्झौता गराएको सरकारले कार्यान्वयन नगर्दा आफूहरू पुनः आन्दोलनमा उत्रनुपरेको सहकारी पीडितहरूले बताइरहेका छन्‌ ।

अन्य दिनको तुलनामा निकै गर्मी महसुस भएको शुक्रबार मध्याह्न सहकारी पीडितहरू भने काठमाडौंमा थप तातेको कालोपत्रे सडकमा प्रदर्शन र धर्ना दिँदैछन्‌ ।

यसपटक काठमाडौंसहित देशव्यापी आन्दोलन घोषणा गरेका सहकारी पीडितहरूको हुलिया र मुखाकृति नियाल्दा तिनको अनुहारमा थप छट्पटी देखिएको छ । दूरदराजबाट आएका महिला रुँदै र असिनपसिन हुँदै विरोध प्रदर्शनमा सहभागी भइरहेका छन्‌ ।

यो पनि-

सहकारी पीडितको चेतावनी- न्याय नपाए आगामी चुनाव हुँदैन !

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  २ : ५४ बजे

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि (आज)

पुतलीडाडा जोड्ने पदमार्ग पहिचान

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा रहेको पर्यटकीय सम्भावनायुक्त पुतलीडाडाँ जोड्ने

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको

आज २०८३ साल मङ्सिर ५ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ५ गते शनिबार सन् २०२६

एनपीएल फाइनल : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका