सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलायो « Khabarhub

सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलायो


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा आन्दोलित सहकारी पीडितहरूलाई सरकारले वार्तामा बोलाएको छ ।

केही दिनयता निरन्तर आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरूसँग वार्तामा तत्परता देखाएको हो ।

आन्दोलन जारी रहेकै बेला पीडितहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बोलाइएको हो ।

वार्ताका लागि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलव केसी र वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलाई खटाइएको कोषाध्यक्ष देवकुमार श्रेष्ठले बताए ।

महासंघमा आवद्ध ३५० सहकारीका पीडितहरू अहिले आन्दोलनमा सहभागी छन् । ७४ लाख वचतकर्तामध्ये १४ लाख पीडित छन् ।

जसमध्ये १४ हजारजना महासंघमा सदस्य भइसकेका छन् । देशभरका ३० हजार बढी सहकारीमध्ये ३५० वटा पूर्णरुपमा डुबेका अध्यक्ष केसीले बताएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  २ : ५२ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्