कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति « Khabarhub

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नागरिकता प्रकरणमा यही मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

सिरोहियालाई धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले शुक्रबारदेखि थप तीन हिरासतमा राख्ने अनुमति दिएको हो ।

धनुषा अदालतको पाँच नम्बर इजलासमा पेस गरिएपछि भएको पक्ष विपक्षका वकिलहरूको बहसपछि न्यायाधीश ज्ञवालीले सिरोहियालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिल र प्रहरीलाई आदेश दिएका हुन् ।

सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्म दिएको तीन दिनको म्याद सकिएपछि थप्नका लागि शुक्रबार इजलासमा पेस गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागेका थिए । तर अदालतले तीन दिन मात्रै समय दिएको हो ।

सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोलीले बहस गरेको थियो । उनीहरूले फरक नम्बरका दुईवटा नागरिकता दिनु राज्यको गल्ती भएको जिकिरसहित सिरोहियालाई बाहिरै बसेर प्रक्रिया अघि बढाउन दिनुपर्ने बताएका थिए । तर अदालतले उनीहरूको जिकिरअनुसार आदेश नदिएको हो ।

सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गरेका थिए ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ६ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने