आगलागी पीडित उद्योगीलाई घरेलु महासंघको सहयोग « Khabarhub

आगलागी पीडित उद्योगीलाई घरेलु महासंघको सहयोग


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोरङको आमबारीमा सञ्चालित ग्रील उद्योगमा आगलागी हुदा घर तथा घरमा सन्चालित ग्रील उद्योगमा भएका सबै मेसिनहरु जलेर नस्ट भइ पीडित एकजना ग्रील व्यवसायीलाई आर्थिक सहयोग वितरण गरेको छ ।

घरमा भएका सरसामान लत्ताकपडा गरगहना लगायत सबै सामानहरु जलेर नस्ट भइ पीडित ग्रील तथा स्टील ब्यवसायी सघ मोरङका पूर्व उपाध्यक्ष रहिसकेका ग्रील ब्यवसायी शिबराज राजबशीलाई सहयोग हस्तान्तरण गरिएको हो ।

तत्कालका लागि राहत पुग्ने गरी नेपाल घरेलु तथा साना उद्योग महासघ मोरङ शाखाको पहलमा अध्यक्ष चेतन निरौलाले नगद ४५ हजार पाँंच सय रुपैया प्रदान गरे । महासघमा आवद्ध उद्योगी ब्यवसायीहरुलाई सकट परेको बेला र ब्यवसायीका समस्याहरु सम्बोधन गराउन महासघ सधै लागिपर्ने त्यस अवसरमा उनले बताएका थिए ।

महासघकै पहलमा घरेलु तथा साना उद्योग कार्यालय मोरङबाट प्रबिधि हस्तान्तरण स्वरुप दुई लाख बराबरको मेसिनहरु पनि हस्तान्तरण गरियो । साथै बन कार्यालयबाट २ लाख ५० हजार बराबरको काठ उपलव्ध गराइयो । साथसाथै जिल्ला प्रशासन कार्यालयबाट नगद रु ३० हजार सहयोग उपलब्ध गराउने भएको जनाइएको छ । स्थानीय सरकार मार्फत पनि सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष निरौलाले त्यस अवसरमा गराए ।

सोही कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी सघ मोरङ शाखाबाट सघका अध्यक्ष बिनोद ढकालले पीडितलाई नगद रु ४३ हजार पाँंच सय एक रुपैयाँं प्रदान गरेका थिए ।

सहयोग रकम बुझ्दै पीीडत राजबशीले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै लघु घरेलु तथा साना उध्योगीहरुको एक मात्र छाता सगठन नेपाल घरेलु तथा साना उध्योग महासघ र ग्रील तथा स्टील ब्यवसायी सघ मोरङप्रति आफू सदैब सकृय सदस्यको रुपमा लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा घरेलु महासघ मोरङ र ग्रील सघ मोरङका पदाधिकारी सदस्य र पीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ८ : २३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको