पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गीति एल्बम ‘नबुझिएको जिन्दगी’ लोकार्पण « Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गीति एल्बम ‘नबुझिएको जिन्दगी’ लोकार्पण


११ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘नबुझिएको जिन्दगी’ नामक गीति एल्बम लोकार्पण गरिएको छ ।

ललितपुरको कुपन्डोलमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा प्रमुख अथिति वरिष्ठ संगीतकार प्रा. दीपक जंगमले सो एल्बम सार्वजनिक गरेका हुन् । सो एल्मबमा जीन्दगी, तिमीसँग, एक झलक, कहिले आँखाले र मेरो भगवान बोलका गीत रहेका छन् ।

ती गीतहरुमा गायक बिनोद राई, राज सिग्देल, रवि ओड, रुपक चौधरी र संगीता शाक्य थापाको स्वर रहेको छ । त्यस्तै, महेश खड्का, सुनील मास्के, सुदेश शर्माको संगीत रहेको छ ।

कार्यक्रमको अध्यक्षता गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटा गरेका थिए । कार्यक्रममा न्याय र राजनीति क्षेत्रका विशष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।

लोकार्पण समारोहमा गायक आनन्द कार्कीले सांगीतक प्रस्तुति समेत दिएका थिए । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको यो दोस्रो एल्बम हो । यसअघि उनले ‘जिन्दगी तरेली’ नामक गीत एल्बम ल्याएका थिए ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ९ : ४४ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ