प्राचीन तिलौराकोट दरबारमा प्रसूति उत्सव « Khabarhub

प्राचीन तिलौराकोट दरबारमा प्रसूति उत्सव


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – गौतम बुद्धले ३३ वर्ष बिताएको कपिलवस्तुस्थित तिलौराकोट दरबारमा आज २५६८औँ बुद्धजयन्ती तथा प्रसूति उत्सव मनाइएको छ । लुम्बिनी विकास कोषले प्राचीन तिलौराकोट दरबार क्षेत्रमा गौतम बुद्धको जन्मयात्राको सम्झनामा कार्यक्रम गरेको हो ।

लुम्बिनीमा बुद्धको जन्म भए पश्चात बाजागाजाका साथ तिलौराकोट लगिएको सम्झनास्वरुप शिशु बुद्धको मूर्ति तिलौराकोट लगिएको थियो । शिशु बुद्धको मूर्तिलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले बुद्ध ज्ञान सबैले अनुशरण गर्नुपर्ने बताए । उनले बुद्ध दर्शन सबै मानव जगतका लागि भएकाले यसलाई धार्मिक संङ्कीर्णता दृश्टिले हेर्न नहुने बताए । बुद्धको उपदेशलाई पाठ्यक्रमको रुपमा विकास गरेर विद्यालय तहमा पठनपाठन गर्नुपर्नेमा उपाध्यक्ष घिमिरले जोड दिए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्ध दर्शन बुझे बौद्ध क्षेत्रको विकास गर्न सजिलो हुने उल्लेख गर्दै नेपालीले बुद्ध दर्शन नबुझ्दा लैङ्गिक, जातिय तथा भौगोलिक विभेद् कायम रहेको बताए ।

बुद्ध दर्शनले करुणा, सद्भाव र आपसी मेलमिलाप सिकाउने उल्लेख गर्दै उनले विश्व शान्तिका लागि बुद्ध दर्शन अङ्गीकार गर्नुबाहेक अर्को विकल्प नरहेको बताए ।

उनले प्राचीन तिलौराकोट दरबार क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोष, राष्ट्रियसभा उपाध्यक्ष, मुख्यमन्त्री, यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय सरकारका प्रमुख, पुरातत्व विभाग, वुद्धिजीवी, राजनीतिक दलका नेता, सरोकारवाला र स्थानीयको सहभागितामा गोष्ठी गर्ने प्रस्ताव गरे ।

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले तिलौराकोटको विकासमा पुरातत्व विभाग वाधक बनेको आरोप लगाए । विश्वविद्यालयले नेपाललाई सिक्ने थलो बनाएको उल्लेख गर्दै उनले अब नेपाली विद्यार्थीले नै खोज अनुसन्धान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १० : १८ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक