प्राचीन तिलौराकोट दरबारमा प्रसूति उत्सव « Khabarhub

प्राचीन तिलौराकोट दरबारमा प्रसूति उत्सव


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – गौतम बुद्धले ३३ वर्ष बिताएको कपिलवस्तुस्थित तिलौराकोट दरबारमा आज २५६८औँ बुद्धजयन्ती तथा प्रसूति उत्सव मनाइएको छ । लुम्बिनी विकास कोषले प्राचीन तिलौराकोट दरबार क्षेत्रमा गौतम बुद्धको जन्मयात्राको सम्झनामा कार्यक्रम गरेको हो ।

लुम्बिनीमा बुद्धको जन्म भए पश्चात बाजागाजाका साथ तिलौराकोट लगिएको सम्झनास्वरुप शिशु बुद्धको मूर्ति तिलौराकोट लगिएको थियो । शिशु बुद्धको मूर्तिलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले बुद्ध ज्ञान सबैले अनुशरण गर्नुपर्ने बताए । उनले बुद्ध दर्शन सबै मानव जगतका लागि भएकाले यसलाई धार्मिक संङ्कीर्णता दृश्टिले हेर्न नहुने बताए । बुद्धको उपदेशलाई पाठ्यक्रमको रुपमा विकास गरेर विद्यालय तहमा पठनपाठन गर्नुपर्नेमा उपाध्यक्ष घिमिरले जोड दिए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्ध दर्शन बुझे बौद्ध क्षेत्रको विकास गर्न सजिलो हुने उल्लेख गर्दै नेपालीले बुद्ध दर्शन नबुझ्दा लैङ्गिक, जातिय तथा भौगोलिक विभेद् कायम रहेको बताए ।

बुद्ध दर्शनले करुणा, सद्भाव र आपसी मेलमिलाप सिकाउने उल्लेख गर्दै उनले विश्व शान्तिका लागि बुद्ध दर्शन अङ्गीकार गर्नुबाहेक अर्को विकल्प नरहेको बताए ।

उनले प्राचीन तिलौराकोट दरबार क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोष, राष्ट्रियसभा उपाध्यक्ष, मुख्यमन्त्री, यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय सरकारका प्रमुख, पुरातत्व विभाग, वुद्धिजीवी, राजनीतिक दलका नेता, सरोकारवाला र स्थानीयको सहभागितामा गोष्ठी गर्ने प्रस्ताव गरे ।

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले तिलौराकोटको विकासमा पुरातत्व विभाग वाधक बनेको आरोप लगाए । विश्वविद्यालयले नेपाललाई सिक्ने थलो बनाएको उल्लेख गर्दै उनले अब नेपाली विद्यार्थीले नै खोज अनुसन्धान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १० : १८ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन

हेटौँडा- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद्

तीजको कोसेली : कर्णालीको स्याउ

राँझा (बाँके)- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम- इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि