प्रतिनिधिसभा बैठक बस्दै, सुरक्षित कारोबार विधेयक टेबुल गरिने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, सुरक्षित कारोबार विधेयक टेबुल गरिने


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफलमा उठेको प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी छ ।

यस्तै बजेटका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलमा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरूले जवाफ दिनेछन् ।

यस्तै, सांसदहरुले बजेट अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरुमा खर्च कटौतीको प्रस्ताव गर्ने छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ६ : ४८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन