वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको चुनौती « Khabarhub

वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको चुनौती


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८को महत्तवपूर्ण खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको चनौती दिएको छ। पुरै २० ओभर खेल्दै वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनाएको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए। ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा उनले ५२ रन बनाएका हुन्। काइल मेयर्सले ३५ रन जोडे। आन्द्रे रसेल १५ रनमा आउट हुँदा अल्जारी जोसेफले नटआउट ११ रन जोडे। दक्षिण अफ्रिकासामू वेस्ट इन्डिजका अन्य ब्याट्सम्यान टिकेर खेल्न सकेनन्।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले तीन विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिएर तीन विकेट लिएका हुन्। मार्को जेन्सेन, एडेन मार्कराम, केशव महाराज, कागिसो रबाडाले एकएक विकेट हात पारे।

सुपर-८ को यो प्रतिस्पर्धा आयोजक वेस्ट इन्डिजका लागि सेमिफाइनल प्रवेश गर्ने महत्त्वपूर्ण छ। सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

तीन खेलमा दुई अंक बनाएको वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएमा सेमिफाइनलको ढोका बन्द हुनेछ। यसअघि नै चार अंक बनाएको दक्षिण अफ्रिका भने जितलाई निरन्तता दिँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ।

समूह-२ बाट इंग्ल्यान्ड यसअघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरिसकेको छ। अर्को आयोजक राष्ट्र अमेरिका भने सुपर ८ का तीन खेल गुमाउँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ०१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस