लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ ल्याउने « Khabarhub

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ ल्याउने


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी हर्बोस्यूटिकल्सले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने भएको छ ।

भैरहवामा सञ्चालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनीले थप पुँजी जुटाउँदै पव्लिक कम्पनीमा रुपान्तरण गरी आईपिओ ल्याउने भएको हो ।

आईपीओ निस्कासन, बिक्री प्रबन्धक र अण्डरराईटरका लागि कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।

सम्झौतामा क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् ।

क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत उक्त आईपीओ ल्याउने भएको क्यापिटलका अध्यक्ष आचार्यले जनकारी दिए ।

हाल १३ करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजी वृद्धि  गरी नयाँ प्लान्टमार्फत उत्पादन सुरु गर्न लागिएको छ ।

पुँजी वृद्धिपछि यस कम्पनीले पव्लिक कम्पनीमा रुपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भट्टराईले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा– १५ मा आफ्नै भवनमा रहेको यस कम्पनीले विभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ ।

हालसम्म औषधीजन्य उद्योगहरु पव्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन् । दुई वटा औषधी उद्योगले आईपिओ जारी गर्नका लागि प्रक्रिया शुरु गरेका छन् । तर, आयूर्वेद औषधी उद्योगको रुपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ५५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर