हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : नेतन्याहु « Khabarhub

हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहन्छ : नेतन्याहु


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाहमा जारी आक्रमणको बारेमा बयान दिएका छन् ।

नेतान्याहुका अनुसार रफाहमा भयंकर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुन लागेको बताए । तर, यसको मतलब युद्ध समाप्त नभएको उनले बताएका हुन् । नेतान्याहुले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहने बताएका छन् ।

हिजबुल्लाहबाट बढ्दो आक्रमणको बीचमा, नेतान्याहुले छिट्टै इजरायली सेना लेबनानी सीमामा पठाउने बताएका छन् ।

नेतन्याहुले हमासको स्थानमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी प्राधिकरणलाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि अस्वीकार गरेका छन् ।

इजरायली सेनाबाट आक्रमण बढेको र हमासको स्वास्थ्य मन्त्रालयको आपतकालीन सेवाका निर्देशक पनि इजरायली हवाई हमलामा मारिएको रफाहका जनताले बताएका छन् ।

आक्रमणबाट राहत सामग्री वितरण केन्द्रमा समेत क्षति पुगेको छ । इजरायली सेनाका अनुसार हमासले यसलाई प्रयोग गरिरहेको थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ५० बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको