बेनीमा मौसम मापन केन्द्र « Khabarhub

बेनीमा मौसम मापन केन्द्र


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन  र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो । 

केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट बेनी आसपासका तापक्रम, वर्षा, हावाको गतिसम्बन्धी सूचना तत्कालै उपलब्ध हुनुका साथै तथ्यांक भण्डारण गरिने जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख सुजन सुवेदीले जानकारी दिए। 

‘केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट प्राप्त हुने मौसमसम्बन्धी जानकारी केन्द्रीय सर्भरमा निरन्तर अपडेट र भण्डारण हुन्छ,’ उनले भने ‘सर्भरसँग कनेक्सन गरिएको वेबसाइटमार्फत विवरण सार्वजनिक हुने व्यवस्था मिलाइएको छ ।’

विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणका साथै भण्डारण भएको तथ्यांक र अभिलेख अध्ययन-अनुसन्धानका लागि उपयोगी हुने कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । 

बेनीमा रहेको मौसम मापन केन्द्र विसं २०६० चैत ७ गते बेनी भिडन्तका क्रममा क्षति पुगेपछि बन्द भएको थियो । बेनी नगरपालिकाले मौसम मापन केन्द्र स्थापना गर्न कार्यालय परिसरमा जग्गा उपलब्ध गराएको छ । 

जिल्ला सदरमुकाममा मौसमसम्बन्धी जानकारीको अभाव भएको गुनासो बढेपछि मौसम मापन केन्द्र पुनःस्थापनाका लागि पहल गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । तापक्रम, वायु र वर्षाबारे जानकारी लिने संयन्त्र जडान भएपछि विपद्को क्षति न्यूनीकरण र व्यवस्थापनका लागि पूर्वतयारी गर्न सहज हुने उनको भनाइ छ । 

बेनीसहित गण्डकी प्रदेशमा २६ वटा मौसम मापन केन्द्र रहेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्राविधिक प्रकाश गुरुङले जानकार दिए । २६ मध्ये १२ वटा मौसम मापन केन्द्रमा स्वचालित उपकरण जडान भएका छन् । 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : २१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा