बालेनलाई वडाअध्यक्षको प्रश्न : एक घण्टा समय माग्दा हामी कसरी निरंकुश भयौँ ? « Khabarhub

बालेनलाई वडाअध्यक्षको प्रश्न : एक घण्टा समय माग्दा हामी कसरी निरंकुश भयौँ ?


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो’ भनेर फेसबुकमा लेखेको स्टाटसलाई लिएर अरु जनप्रतिनिधिले घेरेका छन् ।

सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा वडाअध्यक्षहरूले मेयर साहले फेसबुकमा लेखेर केटाकेटीपन देखाएको भन्दै आलोचना गरेका हुन् ।

‘हामी जनआन्दोलनबाट आएका तिनै पार्टीका चुनाव चिह्नबाट नेता कार्यकर्ताहरू उम्मेदवार बनेर जनसमक्ष भोट माग्दै गएका हौँ । आज हामी निर्वाचित जनप्रतिनिधि पार्टीको घोषणा पत्र अनुसार यहाँसम्म आएका छौँ’, काठमाडौं वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुलीले भने, ‘पार्टी हामीलाई तपाईंहरूले घोषणा पत्र अनुसार जनताको सेवा गर्नुपर्छ भन्छ । उता घोषणा पत्र लिएर के वाचा गर्न आउनु भएको थियो त्यो पूरा गर्नुस् भन्दैछन् जनताले । जनता र पार्टी दुवैको कुरा ठिक छ । त्यहीकारण हामी पार्टीको नेता-कार्यकर्ताका रुपमा भन्दा पनि जनतको प्रतिनिधिका रुपमा आएका हौँ ।’

उनले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीबाट निर्वाचित वडाअध्यक्षहरूले मिलेर मेयर साहको प्रस्तावमा संशोधन हालेको बताए ।

उनले गत असार २ गतेको नगरसभा बहिष्कार भएपछि सहमतिका लागि मेयरसँग समय मागेको पनि बताए । ‘गत असार २ गते नगरसभा स्थगित भएपछि हामीले समय अपुग भयो भनेर एक घण्टा समय मागेका हौँ । मेयर सा’वले पनि नगरसभा सारौँ भन्नु भयो’, उनले भने, ‘उहाँले नै असार १० गते ११ बजे सारौँ भन्नु भयो । हामीले मेयरसँग सल्लाह नै गरेका हौँ, सोधेका हौँ । तर तपाईंले तीन जना नेताले १६० जनाको नैसर्गिक अधिकार हनन गर्न मिल्छ भनेर किन फेसबुकमा स्टाटस लेख्नु भयो ?’

उनले आफूहरूले एक घण्टा समय माग्दा कसरी निरंकुश भयौँ? भनेर बालेनलाई प्रतिप्रश्न गरे। ‘हामीले कांग्रेसबाट नवीन मानन्धर, एमालेबाट म आफैँ, एकीकृत समाजवादीबाट ईश्वर डंगोल, प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसेर छलफल गर्थ्यौँ । अस्ति हामीले एक घण्टा समयका लागि अनुरोध गर्दा कसरी तानाशाही भयौँ ?’

उनले आफूहरू आफ्नै पार्टीविरुद्ध त लडेको बताए । ‘जनताको प्रतिनिधि भएर हामी निरंकुश बन्न थाले जनतताले हामीलाई पराजित गर्नेछन् । हामी निरंकुशताविरुद्ध लड्ने, अराजकताविरुद्ध लड्ने कसरी निरंकुश हुन सक्छौँ ?’, उनले भने, ‘हेर्दा कमजोरी भए सुधार्नु भन्छौँ, राम्रो काममा साथ दिन्छौँ । तर तपाईंले नराम्रो गर्दै जाने हो भने हामी राम राम भन्छौँ काँध थाप्दैनौँ ।’

उनले सामाजिक सञ्जालमा यथार्थ कुरा नआउने भन्दै जस्ताको तस्तै वस्तुनिष्ठ भएर समाचार लेख्न पत्रकारलाई पनि सुझाए ।

‘कसैलाई उक्साउने, कसैलाई थच्याउने र होच्याउने गरी समाचार नआओस्। अब बाँकी ३ वर्ष छ अब छलफल गरेर सर्वसम्मतिले निर्णय गरौँ’, पराजुलीले भने, ‘निरंकुशताको कुरा आउँछ फेसबुकमा, तर सबै साथीहरूमा छलफल गरेर आएका कुराहरू राख्दा कसरी निरंकुश हुन्छ। सबैले राजीखुसीसहित सल्लाह दिएर यी कुरा हामीले यहाँ समेटेर ल्याएका हौँ । तीनजनाबाट सबैको अधिकार खोसियो भन्ने आरोप तपाईंबाट आयो। तर मेयरले बुझ्नु पर्ने कुरा त्यस्तो होइन ।’

उनले मेयरको स्टाटसले आफूहरूको चित्त दुखाएको बताए । ‘सामाजिक सञ्जालको स्टाटसले दुखायो हामीलाई । विभिन्न पार्टीका नाममा स्टाटस हाल्दा हामीले एक पटक सोच्नुपर्छ’, उनले भने, ‘असार २ गते नगरसभा चलिरहँदा साथीहरू उठेर बाहिर हिँडे । हामीले उनीहरूसँग छलफल गरेर अघि बढाउने वातावरण बनायौँ। आज हामीले नै उल्टै गाली खानुपरेको छ।’

 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ०० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्