मेयर बालेनलाई वडाअध्यक्षले भने – तपाईंका अनावश्यक आरोपले हामीलाई निद्रा लाग्दैन « Khabarhub

मेयर बालेनलाई वडाअध्यक्षले भने – तपाईंका अनावश्यक आरोपले हामीलाई निद्रा लाग्दैन


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले मेयर बालेन्द्र साहले बेला-बेला लगाउने आक्षेपका कारण आफूहरूलाई निद्रासमेत नलाग्ने बताएका छन्।

सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा डंगोलले आफूहरूले निरन्तर सहयोग गरिरहँदा पनि मेयरबाट आउने आक्षेपबाट दु:ख लागेको बताए ।

‘हामीले कसैलाई विभेद गर्दैनौँ । तर पनि फेसबुकमा अनेक आरोपसहित यस्ता कुराहरू आउँदा म सुत्न सकिनँ’, उनले भने, ‘अनेक आरोपसहित निद्रा नआउने कुरा किन गरिन्छ ? राजनीतिक लेनदेन गरेर सहमति गर्ने भनेर आरोप आउँछ । हामीले के लेनदेन गर्‍यौँ ? भनिदिनुपर्छ ।’

उनले मेयर साहले फेसबुकमा लेखे जस्तो लेनदेनबारे जवाफ दिनुपर्ने बताए । ‘हामीले तीनजना मिलेर के लेनदेन गर्‍यौँ ? अरुसँग के लेनदेन गर्‍यौँ ? हामीले कहाँनिर लेनदेन गर्‍यौँ हामीलाई भन्नुस्’, उनले मेयर साहलाई भने, ‘हामीलाई जनप्रतिनिधि, अबुझ, झोले भन्छन्, त्यसमा कुनै आपत्ति छैन । तर के हामी सबै जनप्रतिनिधि त्यस्तो हो र ? हामीले सहयोग गर्दा गर्दै पनि यस्ता आरोप किन आइरहन्छन् ?’

उनले जनताले मत दिइसकेपछि जनप्रतिनिधिका रुपमा सम्मान गरिनुपर्ने, स्वीकारिनुपर्ने बताएका छन् । उनले मेयर साहतिर लक्षित गर्दै जनताले स्वीकारेपछि सबैले स्वीकार्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : २७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४