श्रमिकका लागि निर्धारण गरिएको बिमाका सर्तहरू सच्याउन माग « Khabarhub

श्रमिकका लागि निर्धारण गरिएको बिमाका सर्तहरू सच्याउन माग


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने श्रमिकका लागि निर्धारण गरिएको बिमाका सर्तहरू सच्याउन सरकारसँग माग गरेकी छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले हाल नेपाली श्रमिकका लागि खाडी मुलुकहरूमा ८ घण्टाका लागि मात्रै गरिएको बिमा व्यवस्था सच्याएर २४ घण्टानै मिलाउन सरकारसँग माग गरेकी हुन् ।    

‘रोजगारीका लागि धेरैजसो नेपालीहरू खाडी मुलुकहरू जाने गरेका छन् । 

यी देशहरूमा दैनिक ८ घण्टा काम गर्ने समय तोकेर त्यति समयावधि भरका लागि मात्रै बिमाको व्यवस्था हुने गरेको छ,’ गौतमले भनिन्, ‘कामका लागि विदेश जानेहरूको हकमा लागू गरिएको बिमाका सर्तहरू सच्याई कम्पनीले जिम्मा लिएको अवधि अर्थात २४ घण्टा नै बिमाको व्यवस्था मिलाउन सभामुखज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

उनले प्रत्येक वर्ष कामका सिलसिलामा विदेशिनेको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेको बताइन् । 

‘प्रत्येक दिन सरदर ४ जनाको शव बाकसमा भित्री रहेको यथार्थ छ । १५ वर्षमा विदेशी श्रम गन्तव्य अर्थात् खाडी मुलुकहरुबाट मात्रै मृत्यु हुनेको संख्या ११ हजार ७६० रहेको छ,’ गौतमले भनिन्, ‘विदेशमा मृत्यु भइ क्षतिपूर्ति पाउने पर्ने न्युनतम अधिकार हो । मृत्यु भएको सङ्ख्यामा जम्मा २२०० श्रमिकका परिवारले मात्रै क्षतिपूर्ति पाएका छन् भने बाँकी ८१ प्रतिशत परिवार यो अधिकारबाट वञ्चित छन् । मृतकका परिवारलाई क्षतिपुर्ति दिलाउन गम्भीरतापूर्वक पहलकदमी गर्न पनि सरकारसँग माग गर्दछु ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ३९ बजे

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार