निर्जीवन बीमा कम्पनीको ११ महिनाको आम्दानी ३६ अर्ब  « Khabarhub

निर्जीवन बीमा कम्पनीको ११ महिनाको आम्दानी ३६ अर्ब 


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३६ अर्ब आम्दानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार १८ वटा निर्जीवन बीमा कम्पनीले ११ महिनामा ३६ अर्ब ५६ करोड ९१ लाख आम्दानी गरेका हुन् । 

निर्जीवन बीमा कम्पनीको आम्दानी गत वर्षको ११ महिनाको तुलनामा वृद्धि भएको देखिएको छ । गत चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको २५ लाख १७ हजार ३१५ वटा बीमालेख जारी गरेको थिए । 

जेठ महिनामा मात्र ३ अर्ब ५० करोड ३ लाख ५३ हजार बराबरको आम्दानी गरेको प्राधिकरणले जनाएको छ । कम्पनीहरूले ११ महिनाको अवधिमा २७ लाख १३ हजार ७१ वटा बीमालेख जारी गरेका छन् भने जेठ महिनामा मात्र २ लाख २५ हजार ३४४ बीमालेख जारी गरेका छन् ।
कर्णाली प्रदेशमा कम बीमा जारी 

कर्णाली प्रदेशमा सबैभन्दा कम बीमा जारी भएको छ भने सबैभन्दा बढी बागमती प्रदेशमा भएको छ । कर्णाली प्रदेशमा ५६ हजार ५८ वटा बीमालेख जारी भएको छ भने बागमती प्रदेशमा ११ लाख ६४ हजार २१९ बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, कोशीमा ३ लाख ४५ हजार ३८०, मधेसमा २ लाख ९३ हजार २६८, गण्डकीमा २ लाख ७४ हजार ४३८, लुम्बिनीमा ४ लाख ४० हजार ४६२ र सुदूरपश्चिममा १ लाख ३९ हजार ३४६ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ३ : ०५ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६