महिलाहिंसा र असुरक्षाका घटना नियन्त्रण गर्न सांसदहरूको माग « Khabarhub

महिलाहिंसा र असुरक्षाका घटना नियन्त्रण गर्न सांसदहरूको माग


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले देशका विभिन्न स्थानमा महिला र बालिकामाथि हिंसा एवं बलात्कारका घट्ना बढेकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेकपा (एमाले) की सांसद सुमित्रा विसीले अछाममा यही असार ३ गते १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घट्नाको भत्सर्ना गरे । दोषी पत्ता लगाई कारबाही गर्न उनले सरकारसँग माग गरिन् ।

 सत्यतथ्य छानबिन गरी गृहमन्त्रीले यस विषयमा सदनमा जवाफ दिनुपर्नेमा उनले जोड दिइन् । सांसद विसीले बाजुरामा पनि १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य पारेको घट्नामा संलग्नलाई कारबाही गर्न माग गरिन् ।

नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरेले संविधानमा स्वास्थ्यको अधिकार मौलिक हकका रुपमा राखिएको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने बताइन्। 

गाउँमा सिटामोल, एम्जिट, जीवनजल जस्ता आधारभूत औषधिको समेत अभाव भएकामा सरकारको ध्यानाकर्षण गराइन्।

छाउपडीप्रथा हटाउन र छाउगोठ भत्काउन देशभरी अभियान चलाउनुपर्नेमा उनले जोड दिए। सांसद वामदेव गौतमले भारतको अयोध्यामा रामको मन्दिर बनाउन नेपालबाट लगिएको शालग्रामको विषयमा सरकारको ध्यानाकर्षण ग। 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : ४८ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन