रत्ननगरका किसानलाई भैँसी वितरण | Khabarhub Khabarhub

रत्ननगरका किसानलाई भैँसी वितरण


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।

रत्ननगर–३ मा रहेको साइराम पशुपालन समूहमा आबद्ध किसानलाई गत वर्ष र यस वर्ष भैँसी प्रदान गरिएको रत्न नगरको पशुसेवा शाखाका पशुसेवा प्राविधिक सुन्दर बस्नेतले बताए। उनका अनुसार गत आर्थिक वर्षमा २५ लाखका ३३ वटा भैँसी किसानलाई दिइएको थियो भने चालु आवमा १० लाखका  १५ वटा भैँसी प्रदान गरिएको हो ।

लामो समयदेखि भैँसीपालन गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्ने योजनाअनुसार भैँसी प्रदान गरिएको बस्नेतले बताए। उनका अनुसार समूहमा रहेका सदस्यमध्ये १५ जना दुवै आवका कार्यक्रममा सहभागी भएका छन् । 

भैँसीपालन गर्ने किसानले अनिवार्य रुपमा बीमा गर्नुपर्ने, तीन वर्षसम्म नियमित भैँसीपालन गर्नुपर्नेलगायत प्रावधान तोकिएको बस्नेतले जानकारी दिए । 

‘किसानलाई एउटा भैँसी खरिद गर्न ५० हजारसम्म वा भैँसीको मूल्य अनुसार ५० प्रतिशत अनुदान दिने गरेका छौँ’, उनले भने, ‘अनुदानबाट लिइएको भैँसी बेचेको पाइएमा अनुदान बापतको रकम फिर्ता गर्नुपर्ने हुन्छ भने भैँसी मरेमा पालिकालाई जानकारी गराउनुपर्ने हुन्छ ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : ५७ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका