लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी « Khabarhub

लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सचिवमध्येबाट गड्तौलालाई मंगलबारदेखि लागु हुने गरी निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको हो ।

यसअघि आइतबार लीलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको हो ।

तेह्रथुममा गड्तौला मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि निजामती सेवाको माथिल्लो तहमा पुगेकी हुन् ।

नेपाल ल क्याम्पसबाट आईएल र बीएल गरेकी उनले अब यो जिम्मेवारीमा अर्का मुख्यसचिव नहुन्जेल रहने छिन् ।

उनी अब कम्तीमा आगामी भदौ १५ सम्मलाई यो भूमिकामा रहने निश्चित भएको छ । कामु मुख्यसचिव बनेकी गड्तौला आगामी भदौ १५ गते सेवानिवृत्त हुने छिन् ।

२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी उनले कानून मन्त्रालयमा १७ वर्ष काम गरसकेकी छन् ।

त्यसपछि उनले ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायमा उनले काम गरेकी थिइन् ।

उनी ०६३ सालमा उपसचिव भएकी थिइन् । २०७० सालमा सहसचिव भएकी गड्तौला २०७७ कात्तिकमा सचिव भएकी थिइन् । त्यसपछि उनलाई नेपाल कानुन आयोगका सचिवको जिम्मा दिइयो । उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवको भूमिका पनि निर्वाह गरिसकेकी छन् ।

गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । उनले २०८० भदौ २२ गतेयता प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवका रूपमा काम गर्दै आएकी थिइन् ।

उनी कानून तथा न्याय सेवातर्फ दुई जना महिला विशिष्ट श्रेणी पुगेका सचिवहरूमध्ये एक थिइन् । न्याय सेवातर्फ निर्मला पौडेल छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : २१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५