हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, प्रचण्डजी राम्रो जादुगर भएर आउनुभयो : रमेश लेखक « Khabarhub

हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, प्रचण्डजी राम्रो जादुगर भएर आउनुभयो : रमेश लेखक


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकलाई राम्रो प्रधानमन्त्री चाहिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राम्रो जादुगर बनेर आएको टिप्पणी गरेका छन् । 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित ‘कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ’ स्मृति ग्रन्थको विमोचन कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । 

‘सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो संख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ,’ लेखकले भने, ‘उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । त्यस्तो विडम्बनामा हामीले बाच्नु परिरहेको छ ।’

उनले अहिले पनि नेपाली नागरिकले धेरै चुनौतीहरू ब्यहोर्नु परिरहेको भन्दै मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए। 

‘कतिपय चुनौतीहरू अहिले पनि हामीले ब्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौती छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ,’ प्रमुख सचेतक लेखकले भने, ‘तर, राजनीतिक अस्थिरताले यी सबै कुरालाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता बेहोर्नुपर्ने हो भन्ने कुरा पनि थाहा छैन ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : २६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका