वैतेश्वर गाउँपालिकाले ल्यायो ५४ करोड १५ लाखको बजेट « Khabarhub

वैतेश्वर गाउँपालिकाले ल्यायो ५४ करोड १५ लाखको बजेट


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट र नीति तथा कार्यक्रम गाउँभामा प्रस्तुत गरेको छ ।

सोमबार गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षयतामा सुरु भएको १५औँ गाउँभामा पालिका उपाध्यक्ष  एवं बजेट तर्जुमा समितिकी संयोजक कल्पना उप्रेतीले आगामी वर्षको लागि कुल ५४ करोड १५ लाख ९० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी  हुन्  ।

उपाध्यक्ष उप्रेतीका अनुसार आर्थिक विकास तर्फ सात करोड ६५ लाख ९० हजार ३०० रुपैयाँ, पूर्वाधार विकास तर्फ १६ करोड ४२ लाख रुपैयाँ, सामाजिक विकास तर्फ १८ करोड ९५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा दुई करोड ५० लाख, प्रशासनिक खर्च तर्फ नौ करोड आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पालिकाले अनुमानित आन्तरिक आम्दानी राजस्व तर्फ एक करोड ८० लाख बजेट राखेको छ।

त्यसै गरी संघको सरकार समानीकरण अनुदान तर्फ ११ करोड ६७ लाख, सशर्त अनुदान तर्फ २० करोड ९४ लाख ६२ हजार, विशेष अनुदान तर्फ दुई करोड ९० लाख र राजस्व बाँडफाँड तर्फ आठ करोड ८० लाख बजेट राखेको छ।

प्रदेश सरकार समानीकरण अनुदान तर्फ एक करोड २० लाख, सशर्त अनुदान तर्फ दुई करोड २१ लाख, विशेष अनुदान तर्फ ८० लाख समपूरक अनुदान तर्फ दुई करोड र प्रदेश राजस्व बाँडफाँड तर्फ एक करोड ८२ लाख बजेट राखेको छ ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा सामुदायिक विद्यालय अध्ययनरत कक्षा एक देखि आठसम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम संचालन गर्ने भएको छ ।

नाम्दु गाउँपालिका कार्यालय जोड्ने सडक कालोपत्रेको निर्माण आगामी आर्थिक वर्ष सम्पन्न गर्ने, पालिकाभित्रका सडकलाई स्तरोन्नति गर्दै पक्की सडक बनाउने कार्यलाई उच्च प्राथमिकता दिएर आगामी वर्ष पनि ढलान तथा कालोपत्रे गर्ने, गाउँपालिकाले खानेपानी सहज आपूर्तिको लागि एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने, बाँदर नियन्त्रण कार्यक्रम ल्याउने, महिलाको नाममा व्यवसाय गर्दा ७० प्रतिशत छुट दिने, पालिकाभित्रका किसानलाई दूधमा दुई रुपैयाँ प्रोत्साहन अनुदान दिने नीति तथा कार्यक्रम समावेश गरिएको उपाध्यक्ष उप्रेतीले बताइन्।

त्यसै गरी आशनमा महिला, शासनमा महिला र भाषणमा महिला कार्यक्रम संचालन गर्ने, एक वडा एक उत्पादन कार्यक्रम संचालन गर्दै उत्पादनमुखी अनुदान वितरण गर्ने, एकल महिला लक्षित बाख्रा पालन कार्यक्रम सुरु गर्ने गाउँ पालिकासँग सहकारी कार्यक्रम संचालन गर्ने तथा विपद् प्रतिकार्य योजना लागु गर्नेलगायतका दर्जनौँ कार्यक्रमलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

त्यसै गरी गाउँभामा संशोधित शिक्षा ऐन २०८१, बन ऐन २०८१ र अस्थायी करार कर्मचारी ऐन २०८१ लाई छलफल तथा कार्यान्वयनको लागि गाउँसभा लगिएको छ।

सोमबार गाउँभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम,बजेट र केही ऐन लाई आगामी असार २५ गते बस्ने गाउँसभाले पास गर्ने वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले जानकारी दिए ।

-सुबास बस्नेत

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : ३६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्