बालेनलाई नगरसभा सदस्यले सोधिन्- सिंहदरबार जलाउँछु भन्दा मेयरकै दरबार जलाइदिए के हुन्छ ? « Khabarhub

बालेनलाई नगरसभा सदस्यले सोधिन्- सिंहदरबार जलाउँछु भन्दा मेयरकै दरबार जलाइदिए के हुन्छ ?


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी नगरसभामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई नगर सभा सदस्यहरूले घेरेका छन् ।

राष्ट्रिय सभा गृहमा जारी नगरसभा बैठकमा सहभागी जनप्रतिनिधिहरूले मेयर साहमा निरंकुश चरित्र देखिएको भन्दै कडा आलोचना गरेका छन् ।

मेयर साहलाई सुझाव दिँदा वा केही टिप्पणी गर्दा सामाजिक सञ्जालमा थेगिनसक्नु गाली खानुपरिरहेको उनीहरूले बताएका छन् ।

मेयर साहले केही महिनाअघि सिंहदरबार जलाउँछु भनेर दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पनि बैठकमा आलोचना भएको हो ।

नगरसभा सदस्य अनिता कार्की ढोलीले आफ्ना भना राख्ने क्रममा मेयर साहले सिंहदरबार जलाउँछु भन्दा महानगरबासीले मेयरकै दरबार जलाए भने के होला ? भनेर प्रश्न गरेकी छन् ।

‘प्रमुखज्यू जुन कुर्सीमा बसिराख्नु भएको छ, त्यो कुर्सीको अधिकार संविधान र कानुनले निर्धारण गरेको हो’, उनले भनिन्, ‘जुन अधिकार सिंहदरबारले दिएको हो । कसैले पनि व्यक्तिगत रिसइबी साँध्न सिंहदरबार जलाउँछु भन्नु भयो। यदि तपाईंले ऐस आराम गरेर बस्ने भव्य दरबार महानगरबासीले जलाए भने के हुन्छ ? यसबारे केही सोच्नु भएको छ ? दलहरूको विकल्प दलहरू नै हुन सक्छन्, कोही एउटा व्यक्ति हुँदैन ।’

उनी माओवादीका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् । कार्की ढोलीले माओवादीले देशमा परिवर्तन गरेको बताउँदै त्यसलाई अवमूल्यन नगर्न पनि बालेनलाई चेतावनी दिएकी छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ५ : ३१ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर