विराटनगरले ल्यायो साढे ३ अर्ब रुपैयाँको बजेट « Khabarhub

विराटनगरले ल्यायो साढे ३ अर्ब रुपैयाँको बजेट


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य लाई प्राथमिकता राख्दै सोमबार विराटनगर महानगरपालिकामा आयोजित नगर सभाको चौंधौँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालू आर्थिक वर्ष०८०/८१ भन्दा करिब १३ करोड ८१ लाख रुपैयाँ बढीको बजेट सार्वजनिक गरेकी हुन् ।

विराटनगर महानगरपालिकाले वडास्तरीय योजनाका लागि ४० करोड ५५ लाख, शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

कार्कीले प्रस्तुत गरेको बजेटमा महानगरको प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरिएको छ ।

समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ ।

योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई दुई करोडका दरले बजेट दिएको छ ।

महानगरले आगामी वर्षको खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारका लागि १० करोड र भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको छ ।

महानगरले सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गरेको छ । सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

कृषि विकासका लागि १ करोड ३ लाख, पशुपंक्षी तथा भेटेनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ ।

महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हुन आउँछ । खर्चमध्ये चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।

नारा
‘छोरी बचाऊ छोरी पढाऊ’, ‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’, ‘जहाँ खेलकुद त्यहाँ महानगर’, ‘जेष्ठ नागरिकको सम्मान, सभ्यताको पहिचान’, ‘सही व्यक्तिलाई सही समयमा सही रकम प्रदान, सामाजिक सुरक्षा हाम्रो अभियान’ जस्ता कार्यक्रमहरू महानगरपालिकाले घोषणा गरेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ६ : ४३ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि