पाकिस्तानमा विद्युत महशुल २० प्रतिशतले बढ्यो « Khabarhub

पाकिस्तानमा विद्युत महशुल २० प्रतिशतले बढ्यो


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी विद्युत् नियामक निकायले ऊर्जाको भाउ २० प्रतिशतले बढाएको छ । पाकिस्तानको राष्ट्रिय विद्युत् ऊर्जा नियामक प्राधिकरणले विद्युत्को मूल्य २० प्रतिशतले बढाएको हो ।

 स्थानीय सञ्चार माध्यमका अनुसार आर्थिक वर्ष सन् २०२४-२५ का लागि ३८ खर्ब पाकिस्तानी रुपैयाँ जुटाउनका लागि प्राधिकरणले मुलुकभर लागू हुनेगरि विद्युत् महशुल बढाएको हो । नयाँ मूल्य जुलाई १ देखि लागू हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आउँदो आर्थिक वर्षका लागि विद्युत महशुल ३५.५० रुपैयाँ पुग्नेछ । यसअघि यो मूल्य २७.७८ रुपैयाँ प्रतियुनिट (किलोवाट प्रतिघण्टा) रहेको थियो । 

पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा दैनिक घण्टौँसम्म लोडसेडिङको समस्या चलिरहेका बेला प्राधिकरणले विद्युत्को मूल्य बढाएको हो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको