पाकिस्तानमा विद्युत महशुल २० प्रतिशतले बढ्यो | Khabarhub Khabarhub

पाकिस्तानमा विद्युत महशुल २० प्रतिशतले बढ्यो


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी विद्युत् नियामक निकायले ऊर्जाको भाउ २० प्रतिशतले बढाएको छ । पाकिस्तानको राष्ट्रिय विद्युत् ऊर्जा नियामक प्राधिकरणले विद्युत्को मूल्य २० प्रतिशतले बढाएको हो ।

 स्थानीय सञ्चार माध्यमका अनुसार आर्थिक वर्ष सन् २०२४-२५ का लागि ३८ खर्ब पाकिस्तानी रुपैयाँ जुटाउनका लागि प्राधिकरणले मुलुकभर लागू हुनेगरि विद्युत् महशुल बढाएको हो । नयाँ मूल्य जुलाई १ देखि लागू हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आउँदो आर्थिक वर्षका लागि विद्युत महशुल ३५.५० रुपैयाँ पुग्नेछ । यसअघि यो मूल्य २७.७८ रुपैयाँ प्रतियुनिट (किलोवाट प्रतिघण्टा) रहेको थियो । 

पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा दैनिक घण्टौँसम्म लोडसेडिङको समस्या चलिरहेका बेला प्राधिकरणले विद्युत्को मूल्य बढाएको हो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : २३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता