संघीयताप्रतिको बुझाइमा एकरुपता जरुरी छ : मन्त्री जोशी « Khabarhub

संघीयताप्रतिको बुझाइमा एकरुपता जरुरी छ : मन्त्री जोशी


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीयताप्रतिको बुझाइमा सबै राजनीतिक दल तथा आम जनसमुदायमा एकरूपता कायम गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले संघीयताप्रतिको बुझाइमा एकरूपता ल्याउन सबैले योगदान गर्नुपर्ने बताएका हुन् ।

उनले संघीयतालाई जनमुखी र जवाफदेही बनाउनुपर्ने आवश्यकतासमेत औँल्याए । ‘संघीयता व्यवस्थापनका पक्षलाई सन्तुलित, मितव्ययी, पारदर्शी, जवाफदेही, जनमुखी एवं सदाचारी बनाउनुपर्नेछ’, मन्त्री जोशीले भने, ‘निर्वाचित जनप्रतिनिधिको उत्साह, राजनीतिक चेतना, विकासप्रतिको दृष्टिकोण, नागरिक सेवा तथा कर्मचारीतन्त्रप्रतिको धारणालगायत विषयको सही विश्लेषण गरी सुधारको ढाँचा निर्धारण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।’

प्रशासनीय संघीयता कार्यान्वयनको मुख्य स्तम्भका रूपमा रहेको संघीय निजामती सेवा ऐन राजनीतिक सहमति र सहकार्यमा तत्काल ल्याउँनुपर्नेमा जोड दिँदै उनले ऐनले राष्ट्र सेवक कर्मचारीलाई अझ बढी उत्प्रेरित, लगनशील र नागरिक सेवामा थप कर्तव्यनिष्ट बनाउन अभिप्रेरित गर्न सक्नुपर्ने धारणा राखे । 

राजनीतिक संघीयता संस्थागत हुँदै गएको र तीनै तहका दुईवटा आवधिक निर्वाचन सम्पन्न भई लोकतान्त्रिक अभ्यासका माध्यमबाट सरकार गठन भइरहेका उनको भनाइ थियो । 

प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थाका लागि प्रदेश लोकसेवा आयोग क्रियाशील भएका र प्रदेश लोकसेवा आयोग क्रियाशील नभएका प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा नेपाल सरकारबाट कर्मचारी व्यवस्था गरिने मन्त्री जोशीको भनाइ थियो ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ५६ बजे

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनः निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त

तस्बिरमा हेर्नुहोस्, कर्णाली र जनकपुरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत आज भएको

सडक डिभिजनले हेटौंडाका ५३१ घर भत्काइसकेपछि पुग्यो सर्वोच्चको आदेश, बाँकी विस्तारको काम रोकियो

काठमाडौं- सडक डिभिजन कार्यालय हेटौंडाले दुई दिनअघि ५३१ वटा घरमा

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले