भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको अर्धशतक « Khabarhub

भारतविरुद्ध अस्ट्रेलियाका ओपनर हेडको अर्धशतक


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको भारतविरुद्धको खेलमा अस्ट्रेलियाका ट्राभिस हेडले अर्धशतक पुरा गरेका छन् । उनले २४ बलमा ६ चौका र तीन छक्काको मदतमा ५० रन पुरा गरे ।

भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १२ ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा १२५ रन बनाएको छ । क्रिजमा ट्राभिस हेड ६२ र ग्लेन म्याक्सवेल १८ रन बनाएर खेलिरहेका छन् ।

यसअघि अस्ट्रेलियाले दोस्रो विकेटका रुपमा मिचेल मार्श २८ बलमा ३७ रन बनाएर गुमाएको थियो । आउट हुनुअघि उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए । उनलाई भारतका कुलदीप यादवले अक्षर पटेलबाट क्याच आउट गराएका हुन् ।

खेलको पहिलो ओभरमा नै अस्ट्रेलियाका डेभिड वार्नर आउट भएका थिए । उनलाई भारतका अर्शदीप सिंहले सुर्यकुमार यादवको हातबाट क्याच गराएका थिए ।

यसअघि सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो । जारी विश्वकपमा भारतले पहिलो पटक दुई सय रनको आँकडा पार गरेको हो ।

उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गरे । शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका थिए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पंत १५ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे। उनलाई अस्ट्रेलियाका मार्कस स्टोइनिसले ट्राभिस हेडको हातबाट क्याच गराए ।

भारतका लागि शुर्यकुमार यादवले ३१, शिव्म दुवेले २८ रन बनाउँदा हार्दिक पाण्ड्याले नट आउट २७ रनको योगदान दिए ।

यस्तै ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भए । उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच गराए ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र मिचेल स्टार्कले समना दुईदुई विकेट लिए । त्यस्तै जोश हेजलवुडको नाममा एक विकेट रह्यो ।

यसअघि भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : २१ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा