आज २०८१ साल साउन ९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन ९ गते बुधबारको राशिफल


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ९ गते बुधबार तदनुसार सन् २०२४ जुलाई २४ तारिख। साउन कृष्ण पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। हरेक काममा सफलता प्राप्त होला। अन्याय भएको भए न्याय मिल्नेछ। प्राविधिक शिक्षाबाट फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा लामो समयदेखि गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समय राम्रो छ। सोचेको काम बन्नेछ। हिजो असहयोग गर्ने साथीले साथ दिनेछन्। राजनीतिक क्षेत्रबाट नाम, दाम र सम्मान मिल्नेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

मिथुन : बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशको रमझमले मन लोभ्याउने छ। निजी क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सोचेर बोल्नु राम्रो हुनेछ। तपाईंको बोलीकै कारण आफन्त टाढा हुने जोखिम छ। अपरिचित व्यक्तिको सहयोगले काम बन्नेछ। तपाईंको काममा धेरै प्रश्न उठ्ने देखिन्छ। संकटको समयमा परिवारको भने साथ मिल्नेछ।

सिंह : आर्थिक समृद्धि हुनेछ। समाजसेवा र परोपकारमा मन जानेछ। राजनीतिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको जिम्मेवारीबाट खुशी मिल्नेछ। उचित समयमा निर्णय लिन नसक्दा संकट आइपर्ने जोखिम देखिन्छ।

कन्या : साथीसँगको सामान्य विवादले ठुलो विवाद हुने जोखिम छ। बोल्नु अगाडि सचेत बन्नुपर्ने देखिन्छ। तपाईंको काममा प्रश्न उठ्नेछ। ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

तुला : बौद्धिक साथीसँगको भेटले मन शान्त हुनेछ। शिक्षा क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब हुने योग छ। नयाँ लुगा लगाउने र मिठो खाने सौख बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : खेलकुदमा मन जानेछ। आफन्तसँगको भेटले उत्साह मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुने योग छ। परिवारसँगको प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ। घर व्यवहारमा सचेत बन्नु राम्रो होला।

धनु : क्षमता अनुसार अगाडि बढ्ने अवसर प्राप्त हुनेछ। व्यापारमा नाफा हुनेछ। व्यवसायको आम्दानीले उच्च अंक प्राप्त गर्नेछ। परिवारको साथ मिल्नेछ। साथीभाइको साथले राजनीतिक र सामाजिक क्षेत्रमा नाम र दाम प्राप्त गर्ने अवसर प्राप्त हुनेछ।

मकर : दैनिक गरेको काम सहज बन्नेछ। स्वदेशमै महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। कृषि क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथले खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : अल्छीपनले सताउने देखिन्छ। शिक्षाको क्षेत्रमा आलश्यता बढ्नेछ। बुझेर पनि नबुझेजस्तो गर्ने साथीसँग सचेत बन्नु राम्रो हुन्छ। झुटो आरोप लगाउने व्यक्ति सक्रिय छन्। व्यवहार गर्दा सोचेर गर्नु राम्रो हुनेछ। संकटमा परिवारको सहयोग मिल्नेछ।

मीन : आफन्तको प्रगति देखेर मन खुशी हुनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कृत हुने अवसर प्राप्त हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफ्नो मूल्यांकन गर्न नसक्दा विवाद बढ्ने जोखिम रहेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : ०२ बजे

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र