तब्बुले खुलाइन् शाहरुखसँग फिल्म नखेल्नुको कारण « Khabarhub

तब्बुले खुलाइन् शाहरुखसँग फिल्म नखेल्नुको कारण


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड नायिका तब्बुले तीन दशकदेखि फिल्ममा सक्रियरुपमा काम गरिरहेकी छिन् । उनले कम्तीमा पनि ७७ वटा फिल्ममा अभिनय गरेकी छिन् । ती मध्ये बहुसङ्ख्यक फिल्ममा उनको प्रमुख भूमिका रहेको छ ।

तब्बुले बलिउडका प्रायः सबै नायकसँग काम गरेकी छिन् । तर उनले चाहेर पनि नायक शाहरुख खानसँग काम गर्न पाएकी छैनन् । सोहीकारण उनलाई धेरै सोधिने प्रश्नमध्ये एक बनेको छ, ‘शाहरुखसँग किन फिल्म नगरेको ?’

यद्यपि यी दुईजना सन् २००२ मा प्रदर्शनमा आएको फिल्म ‘साथिया’ मा देखिएका थिए । यसमा तब्बु र शाहरुख केही मिनेट मात्र स्क्रिनमा देखिएका थिए । यो जोडीलाई त्यसबेला दर्शकले निकै रुचाएका थिए ।

साथिया पछि तब्बु र शाहरुख ‘ओम शान्ति ओम’मा एक साथ देखिएका थिए । त्यसमा तब्बुको केही सेकेन्डको क्यामियो रोल थियो ।

तब्बुले शाहरुखसँग सहकार्य नहुनुको कारण बारे बोलेकी छिन् । केही दिनअघि सार्वजनिक अन्तर्वार्तामा उनले संयोग नपरेकै कारण शाहरुखसँग फिल्म खेल्न नपाएको बताइन् ।

मेकरहरुले आफूहरू दुईलाई फिल्म अनुबन्ध गर्न चाहे पनि सम्भव नभएको बताउँदै तब्बुभन्छिन्, ‘हामीलाई सँगै फिल्मको अफर आयो तर कुनै मैले अस्वीकार गरेँ, कुनैलाई शाहरुखले अस्वीकार गरे।’

नायिकाको भूमिका मन नपरेर अस्वीकार गरेको फिल्मको नायकमा शाहरुख खान अनुबन्ध भएको उनको दाबी छ । प्रस्ताव आएका फिल्ममा मात्रै काम भएकाले पनि शाहरुखसँग सहकार्य हुन नपाएको उनको तर्क छ ।

तब्बु भन्छिन्, ‘म न निर्माता, न निर्देशक, न लेखक । न त शाहरुखले आफ्नो अर्को फिल्म कोसँग गर्ने भनेर मैले निर्णय गर्ने छु । म स्वयंलाई अर्को कुन फिल्ममा प्रस्ताव आउने हो मलाई थाहा छैन ।’

तर, धेरै दर्शकले आफूहरुलाई एउटै फिल्ममा देख्न चाहेको उनलाई थाहा छ । उनी भन्छिन्, ‘धेरैले मलाई र शाहरुखलाई सँगै काम गरेको हेर्न चाहेकोमा म धेरै सम्मान गर्छु।’

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ३२ बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक