कानूनसहित सात समितिका बैठक बस्दै « Khabarhub

 कानूनसहित सात समितिका बैठक बस्दै


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत आज सातवटा समितिका बैठक बस्दैछन् । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, कानून, न्याय तथा मानवअधिकार, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा संसदीय सुनुवाइ समिति (संयुक्त) का बैठक बस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरूसँग गरेको सन्धि–सम्झौताहरुको विवरण र हालसम्मको कार्यप्रगति तथा मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने कार्यसूची छ ।

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिमा प्राप्त विधेयकहरुका सम्बन्धमा छलफल गरिने छ ।

पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमा छलफल हुनेछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ११ बजे बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने तयारी छ ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३७औँ बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

आज संसदीय सुनुवाइ समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन आयुक्त पदमा प्रस्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची छ । आज आयोगका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानमाथि  संसदीय सुनुवाइ हुने छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : १४ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम