कमलालाई अमेरिकामा इतिहास कोर्ने अवसर | Khabarhub Khabarhub

कमलालाई अमेरिकामा इतिहास कोर्ने अवसर

अभियोजकबाट सुरु भएको चर्चित राजनीतिज्ञको क्यारियर


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सन् २०२० मा अमेरिकामा राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प प्रतिको चासो संसारको नै थियो। सोही निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो वाइडेनले जीत हात पारे। वाइडेनको जीतमा कमला ह्यारिसको पनि महत्त्वपूर्ण भूमिका थियो।

समय फेरिएको छ। चार वर्षपछि ट्रम्पसँगको रिम्याच तय भए पनि आफ्नो विरुद्धमा भएको लगातारको आक्रमण सहन नसकेरै वाइडेनले राष्ट्रपतिको उम्मेदवारी त्याग गरेका छन्। वाइडेनले ह्यारिसलाई समर्थन रहेको जनाइसकेका छन्। तर डेमोक्रेटले उम्मेदवारको अन्तिम टुङ्गो लगाउन बाँकी छ।

यदि ह्यारिस डेमोक्रेट तर्फबाट विजयी भएमा यसले अमेरिकाको इतिहासमा धेरै कीर्तिमान कोर्ने छ। तर यो सबै सहज भने पक्कै छैन। आप्रवासी बाबुकी छोरी ह्यारिसको यात्रा आगामी ५ नोभेम्बरसम्म कसरी अघि बढ्छ ? त्यो त प्रतीक्षाको विषय हो। तथापि केही विषय पक्कै चासोका छन्। उनी अमेरिकाको पहिलो इन्डियन अमेरिकन सिनेटर हुन्। साथै उनी क्यालिफोर्नियाको पहिलो महिला तथा प्रथम दक्षिण एसियाली मलुककी महिला महान्यायाधिवक्ता पनि हुन्। उनी अमेरिकाको इतिहासमा पहिलो महिला उपराष्ट्रपति हुनुका साथै पहिलो ब्ल्याक तथा सो जिम्मेवारी सम्हाल्ने पहिलो एसियन अमेरिकन महिला पनि हुन्।

पहिलो उपराष्ट्रपति कमला ह्यारिस अमेरिकाको राष्ट्रपति बन्ने दौडमा छन् । यसअघि उनले पहिलो इन्डियन अमेरिकन सिनेटर, क्यालिफोर्नियाको पहिलो महिला महान्यायाधिवक्ता बनेर आफ्नो नाममा इतिहास बनाइसकेकी छन् ।

कमला ह्यारिसको जन्म २० अक्टोबर १९६४ मा क्यालिफोर्नियाको अकल्यान्डमा भएको थियो। उनको नाम कमलको फूललाई इङ्गित गर्दै राखिएको हो। पूर्वेली संस्कृतिलाई झल्काउने यो नाम उनको आमाको छनोट पनि हो। बर्केलीमा रहेको युनिभर्सिटी अफ क्यालिफोर्नियामा अर्थशास्त्रको अध्ययनका लागि उनका बाबु डोनाल्ड जमैकाबाट अमेरिका पुगेका थिए। हाल उनी स्ट्यानफोर्डमै अर्थशास्त्रको प्राध्यापक छन्।

उनकी आमा श्यामाला गोपालान ह्यारिस सन् १९५० को दशकमा दक्षिण भारतबाट अमेरिका पुगेकी थिइन्। अमेरिकामा उनले पोषण र मनोविज्ञानमा विद्यावारिधि गरेकी हुन्। सन् २००९ मा देहावसान हुनु अघि उनी स्तन क्यान्सरको अनुसन्धानकर्ताको रूपमा सक्रिय थिइन्।

ह्यारिसकै अनुसार बर्केलीमा नागरिक अधिकारको अभियान चलिरहेकै समयमा उनका अभिभावकको बिचमा प्रेम भएको थियो। कमला र उनकी बहिनी माया युवा अवस्थामा प्रवेश गरेपछि त्यो जोडीको सम्बन्ध विच्छेद भएको थियो।

उनकी आमाले नै कमलालाई कालो वर्णको हुनुमा सधैँ गर्व गर्न सिकाएकी थिइन्। महिला हुनुमा पनि सधैँ गर्व गर्न उनकी आमाले नै सिकाएको ह्यारिस बारम्बार बताउँछिन्। ह्यारिसले एउटा आत्मवृत्तान्त भारतीय संस्कृतिप्रति जिम्मेवार हुँदै आफू हुर्किएको बताएकी छिन्। तत्कालीन समयमा कमला र माया दुई दिदी बहिनी हुर्कँदै जाँदा कालो वर्ण भएकै कारण कतै पनि आत्मग्लानी नहोस् र पूर्ण आत्मविश्वास रहोस् भन्ने विषयमा आमा एकदमै सचेत र सतर्क रहेकी थिइन्।

उनकी आमाले नै कमलालाई कालो वर्णको हुनुमा सधैँ गर्व गर्न सिकाएकी थिइन्। महिला हुनुमा पनि सधैँ गर्व गर्न उनकी आमाले नै सिकाएको ह्यारिस बारम्बार बताउँछिन्।

सन् १९८२ मा हवार्ड विश्वविद्यालयमा उनी भर्ना भएकी हुन्। राजधानी वासिङ्टन डिसीमा रहेको सो विश्वविद्यालयमा अध्ययन गरीरहेकै समयमा उनी कालो वर्णका मानिसको समाजमा आबद्ध हुन थालिन्। उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक पुरा गरिन्।

हिस्टोरिकल्ली ब्ल्याक कलेज एन्ड युनिभर्सिटीबाट ग्रयाजुएट भएकी पहिलो अमेरिकी उपराष्ट्रपतिको कीर्तिमान कायम गर्न सफल भइन्।

कलेज सकाएर क्यालिफोर्निया फर्किएकी उनी त्यहीको विश्वविद्यालय अन्तरगत ल अफ स्कुलमा भर्ना भइन्। जिल्ला वकिलको कार्यालयमा उनले अभियोजकको रूपमा उनले क्यारियरको सुरुवात गरेकी थिइन्। न्यायका लागि अभियोजकको अधिकार प्रयोग गर्ने सवालमा अमेरिकी इतिहास सही नभएको ह्यारिसले ठहर गरेकी थिइन्। सोही कुरा उनले आफ्नो आत्मवृत्तान्त पनि लेखेकी थिइन्। त्यहाँ रहेको खराबीलाई हटाउने सवालमा उनी प्रतिबद्ध थिइन्।

ल स्कुलबाट ग्र्याजुएट भएपछि उनले तीन दशक अभियोजकको रूपमा नै काम गरिन्। सन् २००४ मा सन फ्रान्सिस्कोमा जिल्ला अधिवक्ता हुनु अघि उनी अकल्यान्डमा सह जिल्ला अधिवक्ता थिइन्।

सन् २००४ मा सन फ्रान्सिस्कोमा जिल्ला अधिवक्ता हुनु अघि उनी अकल्यान्डमा सह जिल्ला अधिवक्ता थिइन्।

सन् २०११ मा उनी क्यालिफोर्नियाको महान्यायाधिवक्ता भइन्। उनी सो जिम्मेवारी पाउने पहिलो कालो वर्णको अमेरिकी हुन्। साथै पहिलो महिला अनि पहिलो एसियाली अमेरिकन समेत हुन्।

क्यालिफोर्नियामा रहँदा कमलाको भेट डेलावार मै महान्यायाधिवक्ता रहेको जो वाइडेनका छोरा बेउसँग भएको हुन्छ। उनीहरूको मित्रवत् सम्बन्ध सुरु हुन्छ।

अभियोजक र कानुन व्यवसायीको रूपमा लामो समय काम गरेको अनुभवले ह्यारिस सन् २०२० मा वाइडेनको चुनावी अभियानमा सक्रिय रहन सहज भएको थियो। थुप्रै कानुनको विषयमा सो निर्वाचनमा डेमोक्रेट आक्रामक ढङ्गले प्रस्तुत भएको थियो। यसरी डेमोक्रेटको चुनावी अभियान तथा वाइडेनलाई राष्ट्रपति बनाउने अभियानमा कमलाको भूमिका अत्यन्त महत्त्वपूर्ण थियो। ल फर्ममै पार्टनर रहेका डग एम होफसँग उनको सन् २०१४ मा विवाह भएको हो। यी दुई जना ब्लाइन्ड डेटमा भेटेका थिए।

लामो समय क्यालिफोर्नियाको सिनेटर रहेकी बारबार बक्सरलाई हटाउन सन् २०१५ मा ह्यारिसले अमेरिकी सिनेटका लागि आफ्नो अभियान अघि बढाएकी थिइन्। पूर्व राष्ट्रपति बाराक ओबामा र तत्कालीन उपराष्ट्रपति जो वाइडेनको सहयोग पाएपछि उनी त्यस निर्वाचनमा सफलता पनि पाएकी थिइन्। ह्यारिसकै आत्मवृत्तान्तमा उल्लेख भए अनुसार सो जित पनि एउटा कीर्तिमान थियो। उनी त्यस राज्यको पहिलो कालो वर्णको महिला सिनेटर भएकी थिइन्। अमेरिकाको हकमा भने यो दोस्रो पटक थियो।

सिनेटर रहेको समयमा उनले सिनेटको न्यायिक समितिमा रहेर काम गरेकी थिइन्। सन् २०१९ मा ह्वाइट हाउस प्रवेशका लागि अभियान चाल्नु अघिसम्म उनी त्यसैमा सक्रिय थिइन्।

सिनेटर रहेको समयमा उनले सिनेटको न्यायिक समितिमा रहेर काम गरेकी थिइन्। सन् २०१९ मा ह्वाइट हाउस प्रवेशका लागि अभियान चाल्नु अघिसम्म उनी त्यसैमा सक्रिय थिइन्।

अहिले डेमोक्रेटमा धेरै बहस जारी छ। एकाएक आएको अस्वाभाविक घटनाक्रमले धेरै जनाको आकाङ्क्षा पनि थपिएको छ। ह्यारिसलाई समर्थन वाइडेनले गरेको सबैभन्दा सही निर्णय भएको बताएका छन्।

अमेरिकामा भारतीय मूलको प्रभाव

अमेरिका संसारमा सबै प्रतिभाशाली व्यक्तिका लागि हो। सन् २००८ मा पहिलो पटक केन्याली आप्रवासी मूल तथा लाओ जातीका बाराक ओबामा अमेरिकाको राष्ट्रपति भएका थिए। अमेरिकाका धेरै जसो युरोपेली मूलका व्यक्तिनै राष्ट्रपति भएका छन्।

भारतीय मूलको प्रभाव अमेरिकामा कम्तीको भने छैन। सिलिकन भ्याली चेम्बर अफ कमर्सको प्रमुख कार्यकारी हरबिर के भाटियाकै विचारमा अमेरिकामा अहिले चलेको आप्रवासीको मुद्दा र विषयले आइटी क्षेत्रका कामदारलाई कुनै असर नै गर्ने छैन। अमेरिकाका लागि भारतीय मूलका युवाको सिप आवश्यक पर्छ। तसर्थ अमेरिकाकै लागि आइटी क्षेत्रमा रहेका भारतीय आवश्यक रहेको उनले बताएकी छिन्।

संयोग नै मान्नुपर्छ। यस वर्ष भएको टी-२० विश्वकप क्रिकेटमा पनि अमेरिकाले दोस्रो चरण प्रवेश गरेर सबैलाई आश्चर्यमा पारेको थियो। यो अभियानमा सफ्टवेयर इन्जिनियर सौरभ नेत्रवालको भूमिका महत्त्वपूर्ण थियो। माइक्रोसफ्ट, गुगल र क्रिकेटपछि अब फेरी एक पटक भारतीय मूलको आप्रवासी आमाकी छोरी कमला ह्यारिसका लागि अमेरिकामा कीर्तिमानको बाटो खुलेको छ।
स्रोतः सिएनएन, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १० : ०२ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार