पाराओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई कोरियाली दूतावासमा सम्मान « Khabarhub

पाराओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई कोरियाली दूतावासमा सम्मान


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ मनाइएको छ । साे उपलक्ष्यमा दक्षिण कोरियाली दूतावासले यस वर्ष जनवरीदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

मंगलबार दूतावासले पाराओलम्पिक २०२४ मा सहभागी हुने नेपाली पारातेक्वान्दो टोलीलाई सम्मानका साथै हौसला प्रदान गरेको छ ।

२८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म आयोजना हुने पाराओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवर्द्धन र पुरुष खेलाडी भरतसिंह महतले प्रतिस्पर्धा गरेर सुखद नतिजाको अपेक्षा गरिएको छ।

पलेशासहित पाराओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई दक्षिण कोरियाली दूतावासले सम्मान तथा हौसला दिने कार्यक्रम गरेर बिदाई गरेको छ ।

दूतावासमा आयोजित कार्यक्रममा कोरियाली राजदूत पार्क थेयङले स्वागत मन्तव्यका क्रममा खेलाडीका लागि हौसला प्रदान गर्दै विजयको कामना गरेका थिए।

फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन्।

साथै उक्त टोली आज पेरिसतर्फ प्रस्थान गर्नेछन् । कोरिया सरकारले नेपालको विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ र सहकार्यका क्षेत्रहरूलाई थप बढाउँदै जाने लक्ष्य लिएको छ ।

दूतावासले आयोजना गरेको कार्यक्रममा गणतन्त्र कोरियाका राजदूत पार्कले खेलाडी तथा प्रशिक्षकलाई सुखद नतिजाको लागि कामना गर्दै खेलको माध्यमबाट नेपालको गरिमा बढाउनका लागि शुभकामना व्यत्तः गरे ।

नेपालमा खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राखे ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : १४ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले