जहाज दुर्घटना : इन्जिनको भाग उछिट्टिएर झर्‍यो | Khabarhub Khabarhub

जहाज दुर्घटना : इन्जिनको भाग उछिट्टिएर झर्‍यो


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज पूरै क्षतिग्रस्त भएको छ।

पोखराका लागि उड्ने क्रममा रन वेबाट चिप्लिएको जहाज पूरै क्षतिग्रस्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार जहाजको इन्जिनको भाग रन वे क्षेत्रबाट उछिट्टिएर तल्लो भागमा झरेको छ ।

यात्रुको अवस्था अहिलेसम्म खुल्न सकेको छैन । तर प्रत्यक्षदर्शीहरूका अनुसार जहाज टुक्रा टुक्रा भएको छ ।

जहाजका धेरै भाग टुक्रिएर छरिएको छ । टुक्रिएका जहाजका पार्टहरूमा आगो लागेको छ ।

बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज रनवेमा दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

जहाज टुक्रा टुक्रा भएर आगो लागेको छ । अहिले टुक्रिएको जहाजमा लागेको आगो निभाउने काम भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : ४७ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना