आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज « Khabarhub

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


197.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्नेबित्तिकै दुर्घटनामा परेको खुलेको छ ।

सौर्य एयरलाइन्सको ८ एन एएमई (सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि निस्किनेबित्तिकै दुर्घटनामा परेको हो ।

प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिए ।

परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन् । पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो ।

आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानस्थल स्रोतका अनुसार जहाजमा चालक दलका दुईजना सदस्य, सौर्यका कर्मचारी र इन्जियनियर सवार थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : १८ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला