थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने | Khabarhub Khabarhub

थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

बैंकक थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गरिएको मुद्दामा थाइल्याण्डको सर्वोच्च अदालतले अर्को महिना फैसला सुनाउने भएको छ ।

गत मे महिनामा अदालतले ४० जना पूर्व सिनेटरले स्रेथालाई पदबाट हटाउन माग गर्दै दायर गरेको निवेदनलाई स्वीकार गरेको थियो ।

सन् २००८ मा अदालतको अवहेलना गरेको अभियोगमा छ महिना जेल सजाय भोगेका पिचित चुएनबानलाई मन्त्री बनाएपछि श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गर्दै मुद्दा दायर गरिएको हो । 

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग निकट सम्बन्ध भएका पूर्व वकिल पिचित विवादमा आएपछि पछि श्रेतालाई जोगाउन मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए । 

संवैधानिक अदालतले श्रेताविरुद्धको मुद्दामा अगस्ट १४ मा फैसला सुनाउने छ । कुनै पनि गलत कामलाई अस्वीकार गर्दै आएकी सिनावात्राको फेउ थाई पार्टीकी नेता श्रेता सिनावात्रा सन् २०२३ को चुनावपछि सेनासँग सम्बन्धित दलसँग गठबन्धन गरेर प्रधानमन्त्री बन्नुभएको थियो । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : १७ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि