परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका « Khabarhub

परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा परम्परागत बाली विस्तार गरिने भएको छ ।

चेपाङको जीवनस्तर उकास्न नगरपालिकाले हेफर इन्टरनेशनल महिला समन्वय समितिसँगको सहकार्यमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम विस्तार गर्न लागेको हो ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार कालिका नगरपालिका–९, १० र ११ मा सैपाङ, कोलार, राजवाङ, कल्याणचौर, मजबाङ, रन्तेस, छेरवाङ, क्राइलिङलगायत गाउँमा कागती, निबुवा, हलेदो, अदुवा, पिँडालु खेती गरिने छ ।

साथै कागुनो, सामा, कोदो, फापर, मास, गहत, मस्याङ पनि लगाइने छ । कार्यक्रमका निम्ति चालु आर्थिक वर्षमा ३० लाख बराबरको सहयोग परिचालन गरिने छ । कार्यक्रममा समिति र पालिकाको समान रकम लगानी हुनेछ ।

स्थानीय समुदायलाई परम्परागत बालीका बारेमा बुझाउने, बीउ उपलब्ध गराउने, प्रविधि सिकाउने र बजारीकरण गर्न सहयोग गर्ने नगरप्रमुख रेग्मीले बताए ।

प्रभावकारिताका आधारमा रकम थप गरिने उनको भनाइ छ । दुई सयभन्दा बढी परिवार यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको