गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी « Khabarhub

गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । यसैबीच दुर्घटनाको सूचना आउनासाथ गृहमन्त्री रमेश लेखक दुर्घटनास्थल पुगेका छन् । गृहमन्त्री लेखकसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि घटनास्थलमा पुगेका छन् ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । त्रिभुवन विमानस्थलका अनुसार विमानमा चालक दलका सदस्यसहित १९ यात्रु रहेका थिए ।

दुर्घटनास्थलबाट पाइलटको उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लागिएको छ ।

त्यस्तै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ३२ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार