बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, आजै मन्त्रिपरिषद् विस्तार « Khabarhub

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, आजै मन्त्रिपरिषद् विस्तार


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

मुख्यमन्त्री लामाले सपथ लिएसँगै आजै  १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद्‌मा नियुक्त मन्त्रीहरुलाईसमेत्     मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराए । 

नवनियुक्त मन्त्रीहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए। 

बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मंगलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गरेका थिए । मुख्यमन्त्री लामा नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ३४ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले