बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, आजै मन्त्रिपरिषद् विस्तार « Khabarhub

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ, आजै मन्त्रिपरिषद् विस्तार


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

मुख्यमन्त्री लामाले सपथ लिएसँगै आजै  १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद्‌मा नियुक्त मन्त्रीहरुलाईसमेत्     मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराए । 

नवनियुक्त मन्त्रीहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए। 

बागमती प्रदेशसभाको ६४ जना बहुमत सदस्यहरुको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मंगलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्ति गरेका थिए । मुख्यमन्त्री लामा नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ३४ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र