प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छानबिन समिति बनाइने « Khabarhub

प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छानबिन समिति बनाइने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारेमा त्रिभुवन विमानस्थलमा पुगेर जानकारी लिएका छन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि भन्दै पोखराका लागि उडेको केही क्षणमै जहाज दुर्घटना भएको थियो ।

त्यसपछि प्रधानमन्त्रीले घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर निरीक्षण गरे ।

त्यसक्रममा पर्यटनमन्त्री पाण्डेले दुर्घटनाको छानबिन हुने बताएका छन् । दुर्घटनास्थलको निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले नेपाल नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका छन् ।

सौर्य एयरका कर्मचारी र प्राविधिक बोकेको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । घाइते भएका पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ०९ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा