प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छानबिन समिति बनाइने « Khabarhub

प्राधिकरणका अधिकारीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, छानबिन समिति बनाइने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारेमा त्रिभुवन विमानस्थलमा पुगेर जानकारी लिएका छन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि भन्दै पोखराका लागि उडेको केही क्षणमै जहाज दुर्घटना भएको थियो ।

त्यसपछि प्रधानमन्त्रीले घटनास्थल त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि दुर्घटनास्थल पुगेर निरीक्षण गरे ।

त्यसक्रममा पर्यटनमन्त्री पाण्डेले दुर्घटनाको छानबिन हुने बताएका छन् । दुर्घटनास्थलको निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले नेपाल नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका छन् ।

सौर्य एयरका कर्मचारी र प्राविधिक बोकेको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । घाइते भएका पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : ०९ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा