पूर्वमन्त्री प्रकाशशरण महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण « Khabarhub

पूर्वमन्त्री प्रकाशशरण महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वअर्थमन्त्री एवंं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण गरेका छन् । भरतपुर महानगरपालिका–१७  गोब्रेनीस्थित नारायणी नदीको आज निरीक्षण अनुगमन गरेका हुन् । 

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेस चितवनका नेतासहित उनले सो क्षेत्रको निरीक्षण अनुगमन गरेका हुन् । अनुगमनका क्रममा स्थानीयले बाढी आएर पस्नुभन्दा पहिला नै सुरक्षित गराउन माग राखेका थिए । 

महानगरपालिका–१८ का स्थानीय जितबहादुर तामाङले यस क्षेत्रबाट बाढी पस्दा महानगरपालिकाको पश्चिम क्षेत्र डुबानमा पर्ने बताए। नदीमा तटबन्ध गर्न सके सुरक्षित बस्न पाइने भन्दै उनले मझुवा सामुदायिक वन क्षेत्रबाट जुनसुकै समयमा नदी पस्न सक्ने भन्दै ध्यानाकर्षण गराए। 

उनले भने, ‘नदी पस्नुभन्दा पहिले नै यसको तटबन्ध गरिनुपर्ने हुन्छ ।’

स्थानीयको कुरा सुनी सकेपछि नेता महतले जुन सुकै समयमा पनि नदी पस्न सक्ने भन्दै यसलाई रोक्न सक्दो पहल गर्ने बताए । निरीक्षणका क्रममा उनले मझुवा सामुदायिक वनबाट नदी बस्ती छिर्ने देखिएकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने भन्दै उनले आफ्नो तहबाट सक्दो पहल गर्ने आश्वासन दिए । 

उनले तत्काल के गर्न सकिन्छ सल्लाह गरेर अघि बढाइने बताए। यस बनबाट नदी पसेमा महानगरपालिका–१७, १८, २७, २८ लगायतका क्षेत्रमा डुबान हुने स्थानीयले गुनासो राखेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : १४ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा