८ दिनपछि सेयर बजारमा करेक्सन, २७.३२ अंकले घट्यो नेप्से  « Khabarhub

८ दिनपछि सेयर बजारमा करेक्सन, २७.३२ अंकले घट्यो नेप्से 


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८ दिनपछि करेक्सन आएको छ । निरन्तर बुल ट्रेन्डमा रहेको नेप्सेमा आज बुधबार करेक्सन आएको हो । आज नेप्सेमा २७.३२ अंकको गिरावट सहित करेक्सन आएको हो । 

सत्ता गठबन्धन फेरीएर एमाले–कांग्रेसको सरकार बन्ने हल्लापछि बढ्न थालेको नेप्से बीचमा सानो करेक्शन आएको थियो । आज  कारोबार भने १६ अर्बबढी भएको छ । 

आज होटल एण्ड टुरिजम र फाइनान्स समूहबाहेक अन्य ११ वटा समूह राताम्य भएको छ । आज फाइनान्स ३३.८१ अंकले बढेर २९३०.१७ विन्दुमा पुगेको छ भने होटल एण्ड टुरिजम ८.५९ अंकले बढेर ६६००.१७ बिन्दुमा पुगेको छ । 

आज नेप्सेमा आएको करेक्सनसँगै ११ वटा समूहमा पनि करेक्सन आएको छ । आज सबैभन्दा बढी उत्पादन समूह ९७.२३ अंकले घटेर ७७२८.८२ विन्दुमा पुगेको छ । बुधबार सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१६ अंकले घटेर २१.०८ विन्दुमा पुगेको छ । 

आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ६.२५, १.५८१.९७ अंकले घटेपनि कारोबार भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ बराबरको भएको छ । 

आज ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर १ लाख ८८ हजार ८६५ पटक किनबेच हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज एक कम्पनीको शेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ भने अन्य ११ वटा कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : १९ बजे

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी

साउदीको रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

ढाका- साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा

भारतीय संसद्मा विपक्षीको प्रदर्शन : गृहमन्त्री अमित शाहसँग जवाफ माग्दै नाराबाजी

नयाँदिल्ली- विपक्षी सांसदहरूले सोमबार भारतीय संसद् परिसरमा सरकारविरुद्ध प्रदर्शन गरेका

बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न

सुस्ता जोगाउन अस्थायी तटबन्ध बनाउँदै स्थानीय र सुरक्षाकर्मी (तस्बिरहरू)

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक