उत्तर चीनमा भारी वर्षा र बाढीजन्य जोखिमको चेतावनी | Khabarhub Khabarhub

उत्तर चीनमा भारी वर्षा र बाढीजन्य जोखिमको चेतावनी


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– उत्तरी चीनमा भारी वर्षाका कारण बाढी र पहिरो आउन सक्ने अधिकारीले चेतावनी दिएका छन् ।

चीनले चरम मौसमको गर्मी सहन गरिरहेको छ, पूर्व र दक्षिणमा भारी वर्षा भइरहेको छभने उत्तरको धेरै भाग लगातार गर्मीको चपेटामा परेको छ ।

बेइजिङमा ३५ डिग्री सेल्सियस भन्दा बढीको चर्को तापक्रमपछि शहरका अधिकारीले बुधबार बाढी रोकथामको दोस्रो उच्च प्रतिक्रिया सुरु गरेका छन्।

बुधबारदेखि बिहीबार साँझसम्म २४ घण्टाको अवधिमा करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको राजधानीका केही भागमा १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने सहरका अधिकारी विच्याटमार्फत् जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वर्षाका कारण पर्वतीय धार, भूस्खलन र अन्य गौण विपत्ति आउन सक्ने बताइएको छ । शहरका अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै केही पर्यटकीय स्थलका साथै पर्वतीय तथा नदी किनारका होस्टलहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएका छन् ।

बेइजिङका बासिन्दालाई बाहिरी गतिविधि कम गर्न, पहाडी वा नदी किनारका क्षेत्रहरूबाट टाढा रहन र आश्रय स्थलहरूमा ध्यान दिन आग्रह गर्दै सन्देशहरू प्राप्त भएका छन् । चीनको ‘स्टेट फ्लड कन्ट्रोल एण्ड ड्राउट रिलिफ हेडक्वाटर’ले भारी वर्षाले प्राकृतिक विपत्ति निम्त्याउने उच्च जोखिम रहेको चेतावनी दिएको छ । पूर्वी झेजियाङफुजियान प्रान्तमा बिहीबार ठूलो आँधी आउने अनुमान गरिएको छ ।

अधिकारीहरूले आँधीका लागि खतराको सूचना जारी गरेका छन् र फुजियानले बिहीबारका लागि सबै रेल सेवाहरू स्थगित गरेको छ । स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै तटीय क्षेत्रमा चारदेखि छ मिटरसम्म अग्लो छाल देखिन सक्ने जनाएका छन् ।

गाएमीका कारण स्वशासित ताइवानका अधिकारीहरूलाई विद्यालय बन्द गर्न र आँधीबेहरीको बिदा घोषणा गर्न अधिकारीहरूले सुझाएका छन् ।

यसअघि, उत्तरी र दक्षिणपश्चिम चीनमा आएको बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । गत मे महिनामा दक्षिणी चीनको एउटा राजमार्ग केही दिनको वर्षापछि भत्किँदा ४८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ०७ बजे

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी