बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन « Khabarhub

बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामबारे जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् । 

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले बाग्मतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए। उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्न आवश्यक काम अघि बढाउन निर्देशन दिए।

‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘बनाएको ढलहरु प्रयोगमा त आउनुपर्यो नी । बनाएको छ खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ की छैन हेर्नुपर्यो ।’

त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरी सम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए । यस्तै, उपप्रधानमन्त्री सिंहले बाग्मतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए । 

बाग्मतीमा सफा पानी बगाउनका लागि बाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए ।

बाग्मती भन्दा कुरुप भइसकेका नदिहरुलाई विभिन्न देशले पछि सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बाग्मती नदि स्वच्छ रुपमा बगाउनका लागि  सरकारले प्रभावकारी योजना ल्याउने पनि मन्त्री सिंहको भनाई थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार