बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन « Khabarhub

बाग्मती किनारका पूर्वाधार प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामबारे जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् । 

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले बाग्मतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए। उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्न आवश्यक काम अघि बढाउन निर्देशन दिए।

‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘बनाएको ढलहरु प्रयोगमा त आउनुपर्यो नी । बनाएको छ खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ की छैन हेर्नुपर्यो ।’

त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरी सम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए । यस्तै, उपप्रधानमन्त्री सिंहले बाग्मतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए । 

बाग्मतीमा सफा पानी बगाउनका लागि बाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए ।

बाग्मती भन्दा कुरुप भइसकेका नदिहरुलाई विभिन्न देशले पछि सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बाग्मती नदि स्वच्छ रुपमा बगाउनका लागि  सरकारले प्रभावकारी योजना ल्याउने पनि मन्त्री सिंहको भनाई थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : २८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई