रूसमा जापानी व्यापारीलाई प्रतिबन्ध, टोकियोद्वारा विरोध | Khabarhub Khabarhub

रूसमा जापानी व्यापारीलाई प्रतिबन्ध, टोकियोद्वारा विरोध


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

टोकियो– टोकियोले बुधबार टोयोटाका प्रमुखलगायत अन्य १२ जना वरिष्ठ जापानी व्यापारीलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने रूसको निर्णयको विरोध गरेको छ । 

रूसी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा टोयोटाका अध्यक्ष अकिओ टोयोडा, राकुटेन प्रमुख हिरोशी मिकितानी र सरकार समर्थित जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष अकिहिको तनाकाको नाम समावेश रहेको छ । 

‘जापानले विशेष सैन्य अपरेशनको सम्बन्धमा हाम्रो देशविरुद्ध जारी गरेको प्रतिबन्धहरूको प्रतिक्रियामा यो निर्णय गरिएको हो,’ रूसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

रूसले मित्सुबिशी, होन्डा र सोनीजस्ता प्रमुख जापानी कम्पनीका प्रमुखको नाम समावेश नभएको उक्त सूचीका लागि व्यक्तिहरू कसरी छानिए भनेर व्याख्या गरेको छैन ।

जापानले किएभलाई आर्थिक र भौतिक समर्थन प्रदान गरेको छ भने रूसी व्यक्ति र संस्थाहरूलाई प्रतिबन्ध लगाएको छ ।

जापानको संविधानले हतियार निर्यात गर्न प्रतिबन्ध लगाएको छ । तर डिसेम्बरमा टोकियोले घरेलु रूपमा निर्माण गरिएको प्याट्रियोट मिसाइलहरू संयुक्त राज्य अमेरिकामा निर्यात गर्न आफ्नो हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो । 

युक्रेनमा आपूर्ति गरिएका कारण अमेरिकामा कम भएका हवाई रक्षा मिसाइलको सङ्ख्या बढाउने उद्देश्यले जापानले यो कदम चालेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : ०५ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा