सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई « Khabarhub

सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


62.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका एक मात्रै व्यक्तिलाई उद्धारकर्मीले थोत्रे भएर फ्याँकिएको कन्टेनर भित्रबाट निकालेको खुलेको छ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले पाइलट शाक्यलाई जहाजको ककपिट भाँचिएपछि कन्टेनरमा खसेको अवस्थामा उद्धार गरिएको बताए।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको जहाज दुर्घटनामा त्यसमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको छ । दुर्घटनाका क्रममा जीवित एक मात्रै जहाजका पाइलट शाक्यको अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

२० रनवेबाट ०२ रनवेतर्फ हुँदै उडेको जहाज केही बेरमै गोठाटारतर्फको खोंचमा खस्दै कन्टेनरमा बजारिएको थियो। त्यसक्रममा जहाजको अगाडिको भाग कन्टेनरमा अड्किएको थियो। जहाजको बाँकी भाग भने अझै तल झरेर बजारिएपछि आगो लागेको थियो ।

जोशीका अनुसार कन्टेनरभित्र अड्किएको अवस्थामा शाक्यलाई रगताम्य अवस्थामा निकालिएको हो । तर उनीसँगै कपिटमा रहेका अर्का को-पाइलट सुशान्त कटुवालले भने दुर्घटनामा ज्यान गुमाएका छन्।

जहाजले रनवे छाड्दै उत्तरतिर सोझिनेबित्तिकै पूर्वतिर बटारिएर बजारिन पुगेको थियो । दुर्घटनामा घाइते भएका शाक्यको निधारसहित शरीरमा गहिरो चोट लागेको छ । उनको अवस्था अहिले खतरामुक्त रहेको केएमसी प्रशासनले जनाएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट सुशान्त कटुवालले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : १० बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार