स्याहार अर्थतन्त्रबारे धनगढीमा रोजगारदाता तालिम « Khabarhub

स्याहार अर्थतन्त्रबारे धनगढीमा रोजगारदाता तालिम


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा स्याहार अर्थतन्त्रबारे रोजगारदाता तालिम आयोजना गरेको छ ।

‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवारदेखि शुरु भएको हो । तालिम तीन दिनसम्म चल्ने महासंघले जानकारी दिएको छ ।

तालिमअन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला समृद्ध नेपाल) परियोजना र महासंघबीच भएको सम्झौता बमोजिम महासंघ सुदूरपश्चिम प्रदेशले आयोजना गरेको हो । तीन दिनसम्म संचालन हुने तालिमको प्रमुख प्रशिक्षक आस्था भट्ट हुन् ।

तालिममा सुदूरपश्चिमका उद्योगी, व्यवसायी र सरकारी तथा गैरसरकारी क्षेत्रका गरी ३० जना सहभागी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : २२ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण