प्रस्तावित आयुक्त प्रधानबारे संसदीय समितिले अर्को बैठकबाट निर्णय लिने « Khabarhub

प्रस्तावित आयुक्त प्रधानबारे संसदीय समितिले अर्को बैठकबाट निर्णय लिने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारेमा थप छलफल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसंग छलफल गरेपछि समितिले यस बिषयमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अब समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने छ ।

त्यसअघि बैठकमा सांसदले उनीविरुद्धको उजुरीबारे प्रश्न राखेका थिए। प्रधानले त्यसको जवाफ दिएका थिए ।

समिति सदस्य महेश बर्तौलाले प्रधानविरुद्ध गम्भीर उजुरी परेको भन्दै त्यसको जवाफ दिन माग गरेका थिए । आजको सुनुवाइका क्रममा पत्रकाहरूलाई बाहिर निकालेर सांसदहरूले प्रधानसँग सवाल-जवाफ गरेका थिए ।

त्यस्तै समिति सदस्य जीवन परियारले चरित्रबारे नै प्रश्न उठिसकेपछि आफूलाई आरोपबाट मुक्त गर्ने आधारबारे प्रश्न गरेका थिए ।

त्यस्तै समिति सदस्य जनार्दन शर्माले उजुरी हेर्दा निकै गम्भीर देखिएकाले उच्च नैतिक चरित्रको बिषय आकर्षित हुनसक्ने उल्लेख गरे ।

समिति सदस्यहरूका प्रश्नको जवाफ दिँदै प्रधानले समितिबाट उजुरी प्राप्त नगरेको र पत्रपत्रिकाबाट जानकारी पाएको बताए ।

उनले यसअघि आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कानुनविपरीत काम गरेकाले अदालतमा उजुरी गर्दा विवाद निरुपण भएको बताए ।

अदालतमा मिलिसकेको बिषयमा समितिमा उजुरी गर्नु कतिको उचित हुन्छ भन्दै उनले प्रश्न गरे ।

उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो की होइन भनेर मूल्याङ्कन गर्न नहुने उनले बताए ।

प्रधानविरुद्ध समितिमा यौन दुर्व्यवहार लगायत उजुरी परेका थिए । केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ५ : २२ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका