सौर्यको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने « Khabarhub

सौर्यको जहाज दुर्घटनाबारे छानबिन आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरिएको छ ।

बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिनआयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

कर्णको संयोजकमा गठित समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको गुरुङले बताए ।

त्यस्तै आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक तर्फका सवै वायुसेवा कम्पनीहरूले जहाजको अनिवार्य परिक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि गुरुङले बताए ।

बैठकले विमान दुर्घटनाले स्तव्ध भएको जनाउँदै मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गरेको छ । विमान चालक  मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ४१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट